default_image

5 years ago

October 14, 2020

नेयमार ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता

235 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड नेयमार जुनियर ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार बिहान विश्वकप छनोटको दोस्रो खेलमा पेरुविरुद्ध ह्याट्रिक पुरा गर्दै नेयमार ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता बनेका हुन् ।

नेयमारले ब्राजिली लेजेन्ड रोनाल्डो नाजारियोलाई पछि पारेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का २८ वर्षीय नेयमारले १०३ खेलमा ६४ गोल पुर्याएका छन् । रोनाल्डोले ९८ खेलमा ६२ गोल गरेका थिए । नेयमारभन्दा अघि अर्काे लेजेन्ड पेलेले ९२ खेलमा ७७ गोल गरेका छन् ।

झन्डै ११ महिनापछि ब्राजिलबाट खेलेका नेयमारले विश्वकप छनोटको पहिलो खेलमा बोलिभियामाथि ५–० को फराकिलो जित निकाल्दा दुई गोलको लागि असिस्ट दिएका थिए । तर विश्वकप छनोटको दोस्रो खेलमा ह्याट्रिक पुरा गरे ।

२०१० देखि ब्राजिलको सिनियर राष्ट्रिय टोलीमा रहेका नेयमारले मैत्रीपुर्ण खेलमा ४२, कोपा अमेरिकामा ३, विश्वकप छनोटमा ९, विश्वकपमा ६ र कन्फेडेरेसन कपमा ४ गोल गरेका छन् ।

पेरुविरुद्ध छैटौ मिनेटमा पछि परेका ब्राजिलले नेयमारको गोलबाट खेललाई बराबरीमा ल्याएका थिए । पेनाल्टी बक्सभित्र पेरुका खेलाडीले नेयमारलाई जर्सी तानेर लडाएपछि रेफ्रीले पेनाल्टी दिएको थियो । जसमा नेयमार चुकेनन् । ३१औं मिनेटमा नेयमारले गोल गरेपनि पास मिलाईदिएका रिचार्लीसन भिएआरमा अफसाइड देखिएको थियो ।

८३औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी बक्समा एभर्टनको क्रसमा एभर्टन रिवेइरोलाई लुइस अब्रामले फल गरेपछि रेफ्रीले ब्राजिलाई पेनाल्टी दिएको थियो । जसमा नेयमारले पुन गोल गर्न सफल भएका थिए ।

त्यसमै विवादमा उत्रिएपछि रेफ्रीले बेञ्चमा रहेका गोलरक्षक कार्लाेस कासेडालाई सिध रातो कार्ड देखाउदै बाहिर पठाए । ८९औं मिनेटमा पेरु १० खेलाडीमा समेटियो । रिचार्लीसनलाई हातले हिर्काएपछि रेफ्रीले रातो कार्ड दिदै मैदान बाहिर पठाए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गर्दै नेयमारले ह्याट्रिक पुरा गरे । उनले एभर्टनको पासमा एभर्टन रिवेइरोको प्रहार बारमा लागेर फर्कदा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नेयमारले जाली चुमाएका थिए ।

विश्वकप छनोटमा ब्राजिलको यो दोस्रो जित हो । यसअघि ब्राजिलले बोलिभियामाथि ५–० को फराकिलो जित निकालेको थियो । लगातार दोस्रो जितसँगै ब्राजिल छनोटमा ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक नै भएपनि अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ ।

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.