default_image

4 years ago

October 14, 2020

विश्वविजेता फ्रान्स र क्रोएसिया भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको समुह चरणको चौथो राउन्डको खेलमा आज राति विश्वविजेता फ्रान्स र उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल क्रोएसियाको मैदान माक्सिमिर जाग्रिवमा नेपालीसमयअनुसार राति १२ः३० बजे हुनेछ । २०१८ मा रसियामा भएको विश्वकपको फाइनलपछि यि दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् । गत महिना भएको खेलमा फ्रान्सले ४–२ को जित निकालेका थियो […]

43 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगको समुह चरणको चौथो राउन्डको खेलमा आज राति विश्वविजेता फ्रान्स र उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल क्रोएसियाको मैदान माक्सिमिर जाग्रिवमा नेपालीसमयअनुसार राति १२ः३० बजे हुनेछ । २०१८ मा रसियामा भएको विश्वकपको फाइनलपछि यि दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् । गत महिना भएको खेलमा फ्रान्सले ४–२ को जित निकालेका थियो ।

विश्वविजेता फ्रान्स बुधबार राति हुने खेलमा पनि यही नतिजा दोहोर्‍याउने दाउमा हुनेछ । युवा स्टार केलियन एमबाप्पे, एन्थोनी मार्सियल, एन्टोइन ग्रिजमन, ओलिभर जिरुउड, पल पोग्वा, एङ्गोलो कान्टे, एड्रिएन राबिओट, प्रेसनेल किमपेम्वे, राफयल भरान, बेन्जामिन पाभार्ड र गोलरक्षक ह्युगो लोरिस फ्रान्सको टोलीमा हुनेछ । लुकास डिग्ने, लुकास हर्नान्डेज, एडुआर्डाे कामाभिंगा र किङ्सले कोमनले वैकल्पिक खेलाडीको रुपमा खेल्ने सम्भावना छ ।

यता, क्रोएसिया पनि अघिल्लो महिना र विश्वकपमा बेहोरेको हारको बदला लिने दाउमा हुनेछ । क्रोएसिया विश्वकपको फाइनलमा पनि ४–२ ले नै पराजित भएको थियो । कप्तान लुका मोड्रिच, निकोला भ्लासिक, माटियो कोभासिस, मार्सेलो ब्रोजोभिक, डिजन लोभ्रेन, मारियो पासालिक र एन्डरेज क्रामारिक क्रोएसियासँग रहनेछ ।

नेसन्स लिगको तेस्रो राउन्डको खेलमा फ्रान्स पोर्चुगलसँग बराबरीमा रोकिँदा क्रोएसियाले स्वीडेनमाथि २–१ को जित निकालेको थियो । यि दुई यि दुई टोली चौथोपटक भिड्न लागेका हुन् । २०१३ मा मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा टुगिंएको थियो ।

नेसन्स लिगको तेस्रो चरणको खेल सकिदा पोर्चुगल ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ७ अंक नै रहेपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा छ । क्रोएसियाले ३ तथा स्वीडेनले अंक जोड्न सकेको छैन ।

अन्य खेल

लिग ‘ए’ १ : इटालीविरुद्ध नेदरल्यान्ड (राति १२ः३० बजे), पोल्यान्डविरुद्ध बोस्निया एन्ड हर्जगोभिना (राति १२ः३० बजे)

लिग ‘ए’ २ : इंग्ल्यान्डविरुद्ध डेनमार्क (राति १२ः३० बजे), आइसल्यान्डविरुद्ध बेल्जियम (राति १२ः३० बजे)

लिग ‘ए’ ३ : क्रोएसियाविरुद्ध फ्रान्स (राति १२ः३० बजे), पोर्चुगलविरुद्ध स्वीडेन (राति १२ः३० बजे)

लिग ‘बी’ १ : नर्वेविरुद्ध नर्दन आयरल्यान्ड (राति १२ः३० बजे), रोमानियाविरुद्ध अष्ट्रिया (राति १२ः३० बजे)

लिग ‘बी’ २ : स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति १२ः३० बजे), स्लोभाकियाविरुद्ध इजरायल (राति १२ः३० बजे)

लिग ‘बी’ ३ : रसियाविरुद्ध हंगेरी (राति १२ः३० बजे), टर्कीविरुद्ध सर्विया (राति १२ः३० बजे)

लिग ‘बी’ ४ : फिनल्यान्डविरुद्ध आयरल्यान्ड (राति ९ः४५ बजे), बुल्गेरियाविरुद्ध वेल्स (राति १२ः३० बजे)

लिग ‘सी’ २ : इस्टोनियाविरुद्ध अर्मेनिया (राति १२ः३० बजे), नर्थ म्यासेडोनियाविरुद्ध जर्जिया (राति १२ः३० बजे)

लिग ‘सी’ ३ : ग्रीसविरुद्ध कोसोभो (राति १२ः३० बजे), मोल्दोभाविरुद्ध स्लोभेनिया (राति १२ः३० बजे)

लिग ‘सी’ ४ : लिथुआनियाविरुद्ध अल्वानिया (राति ९ः४५ बजे), बेलारुसविरुद्ध काजकस्तान (राति १२ः३० बजे)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.