default_image

4 years ago

October 14, 2020

इटाली र नेदरल्यान्ड्स भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको चौथो राउन्डको खेलमा आज (बुधबार) राति विभिन्न २० खेलमा प्रतिस्पर्धा हुदैछ । इटालीले घरेलु मैदानमा बलियो नेदरल्यान्ड्सको आतिथ्यता गर्दा इंग्ल्यान्डले डेनमार्कको तथा बेल्जियमले आइसल्यान्डको सामना गर्दैछ । इटाली र नेदरल्यान्ड्सबीचको खेल गिविस स्टेडियम बरगामोमा राति १२ः३० बजे हुनेछ । घरेलु मैदानमा नेदरल्यान्ड्सलाई पराजित गर्दै इटाली अंक तालिकामा बलियो पकड बनाउँदै […]

38 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगको चौथो राउन्डको खेलमा आज (बुधबार) राति विभिन्न २० खेलमा प्रतिस्पर्धा हुदैछ । इटालीले घरेलु मैदानमा बलियो नेदरल्यान्ड्सको आतिथ्यता गर्दा इंग्ल्यान्डले डेनमार्कको तथा बेल्जियमले आइसल्यान्डको सामना गर्दैछ ।

इटाली र नेदरल्यान्ड्सबीचको खेल गिविस स्टेडियम बरगामोमा राति १२ः३० बजे हुनेछ । घरेलु मैदानमा नेदरल्यान्ड्सलाई पराजित गर्दै इटाली अंक तालिकामा बलियो पकड बनाउँदै नेसन्स लिगको अर्काे चरणको सम्भावना बलियो पार्ने दाउमा हुनेछ ।

लिग ‘ए’ १ मा रहेको इटालीको ३ खेलबाट ५ अंक रहेको छ । समान खेलबाट नेदरल्यान्ड र पोल्यान्डको ४ अंक रहेको छ । बोस्निया एन्ड हर्जगोभिनाको २ अंक रहेको छ । पछिल्ला खेलहरुमा अपराजित रहेको इटाली नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ ।

इटालीको यो योजनामा सिरो इम्मोविले, स्टेफन अल सरावे, फेडरिको चिइसा, मार्काे भेराटी, जर्गिन्हो, निकोलो बरेल्ला, जर्जियो चिलियानी, लियोनार्दाे बोनुची, एलेसान्द्रो फ्लोरेन्जी, क्रिस्टियानो बिराघी र गोलरक्षक जियानलुजी डोन्नररुम्मा रहनेछन् । यस्तै इमर्सन, मोइस किन, ड्यानिलो डि एम्ब्रुसो र स्टेफानो सेन्सीलगायतको खेलाडी पनि इटालीसँग हुनेछन् ।

यता, पछिल्लो खेलमा सन्तोषजनक नतिजा ल्याउन नसकेको नेदरल्यान्ड्स इटालीलाई पराजित गर्दै जितको लयलाई पक्रने योजनामा हुनेछ । नेदरल्यान्ड्सको पछिल्लो ३ खेलमा दुई हार र एक बराबरीको नतिजा छ । गत महिना नेसन्स लिगकै दोस्रो राउन्डमा नेदरल्यान्ड्स इटालीसँग १–० ले तथा मैत्रीपुर्ण खेलमा मेक्सिकोसँग १–० ले पराजित हुँदा नेसन्स लिगमा बोस्नियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रशिक्षक रोनाल्ड कोम्यानले छाडेयता नेदरल्यान्ड्सले चार खेल खेल्दा १ मात्र जित हात पारेको छ ।
नेदरल्यान्डसँग मेम्फिस डिपाए, लुक डि जोङ, जर्जिन्हो वाइनाल्डम, फ्रान्की डि जोङ, क्विन्सी प्रोमिस, भर्जिल भान डाइक र गोलरक्षक जस्पर सिलेसन छन् ।

यि दुई टोली ५ पटक प्रतिस्पर्धा गर्दा तीन खेल इटालीले जित्दा दुई खेल बराबरीमा सकिएको छ । नेदरल्यान्ड्सले जित निकाल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा पोल्यान्ड र बोस्निया एन्ड हर्जगोभिनाबीच राति १२ः३० बजे नै प्रतिस्पर्धा हुँदैछ। इटाली र नेदरल्यान्ड बराबरीमा रोकिएको अवस्थामा पोल्यान्डले बोस्नियालाई हराए अंक तालिकामा शीर्षस्थानमा उक्लनेछ ।

पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्की मुख्य हतियार हुँदा बोस्नियासँग इडेन जेको र मिरालेम प्यानिच टोलीमा हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.