5 years ago
October 15, 2020
एजेन्सी – मंगलबार मात्र कोरोना संक्रमण पुष्टि भएका पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बुधबार टुरिन पुगेका छन् ।

उनी आफ्नो प्राइभेट जेटमार्फत कासेल्ली एयरपोर्टबाट टुरिन पुगेका हुन् । अन्तर्राष्ट्रिय ब्रेकको दौरान सोमबार गरिएको स्वाव संकलनमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन । कोरोना पुष्टि भएसँगै उनले घरेलु मैदानमा तय भएको स्वीडेनविरुद्धको नेसन्स लिगको खेल गुमाएका थिए ।
कोरोना पुष्टि भएसँगै उनले कम्तीमा पनि दुई साता सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएकाले उनले इटालियन सिरी ‘ए’ को क्रोटोनविरुद्धको तथा च्याम्पियन्स लिगको डाइनामो किभविरुद्धको खेल गुमाउने छन् ।

२१ अक्टोबरसम्म उनी कोरोनामुक्त भए २८ अक्टोबरमा हुने स्पेनिस क्लब बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिगको खेल खेल्न पाउनेछन् । यसबीचमा उनी कोरोनामुक्त भए लामो समयदेखिको अर्जेन्टिनी तथा बार्सिलोनाका प्रतिद्वन्द्वी मेस्सीविरुद्धको खेलका लागि योग्य मानिनेछ ।
कोरोना पुष्टि भएसँगै ३५ वर्षीय रोनाल्डो तत्कालै राष्ट्रिय टोलीको क्याम्पबाट बाहिरिदै सेल्फ आइसोलेसनमा बसेका थिए । उनले आफ्नो टोलीको प्रशिक्षण बरन्डाबाट नियालेका थिए । कोरोना पुष्टि हुनुअघि रोनाल्डोले स्पेनसँग मैत्रीपुर्ण तथा फ्रान्ससँग नेसन्स लिगमा प्रतिस्पर्धा गरेको थियो । दुवै खेल गोलरहित बराबरीमा टुगिंएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]