default_image

5 years ago

October 15, 2020

रोनाल्डोविनै पोर्चुगलको सानदार जित

195 views

0 Bookmark

एजेन्सी – कप्तान तथा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले युइएफए नेसन्स लिगको समूह चरणको चौथो राउन्डको खेलमा सानदार जिथ हात पारेको छ ।

लिग ‘ए’ ३ को शीर्षस्थानमा रहेको पोर्चुगलले घरेलु मैदानमा स्वीडेनमाथि ३–० को सहज जित हात पारेको हो । लिसवोआमा बुधबार राति भएको खेलमा पोर्चुगलको सहज जितमा डिएगो जोटाले दुई तथा बर्नाडो सिल्भाले एक गोल गरे ।

कोरोना संक्रमणका कारण रोनाल्डोले स्वीडेनविरुद्धको खेल गुमाएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको चौथो मिनेटमा नै घरेलु टोली अग्रता लिन सुवर्ण अवसर खेर फालेको थियो । जोआओ क्यान्सिलोको क्रसमा विलियम कार्भाल्होको फ्रि हेडर पोस्टमा लागेर बाहिरियो ।

१२औं मिनेटमा डिजना कुलुसेभ्स्कीको कर्नरलाई पेपेले क्लियर गर्न नसकेको बललाई मिकाइल लस्टिगले गरेको प्रहार पोस्टबाट थोरै बाहिरिदा स्वीडेनले अग्रता चुकायो । २१औं मिनेटमा पोर्चुगलले अग्रता बनायो । डिएगो जोटाको पासमा अनमार्क रहेका बर्नाडो सिल्भाले सहजै फिनिस गरेका थिए ।

३५औं मिनेटमा लस्टिगको लो क्रसमा मार्कुस बर्गको प्रहार पोस्टमा लाग्दा स्वीडेन बराबरीबाट चुक्यो । ४४औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि पोर्चुगलले खेलमा २–० को अग्रता लिन सफल भयो । उनले जोआ क्यान्सिलोको लामो पासमा अफसाइड बिट ट्रयाप गर्दै उत्कृष्ट फिनिस गरेका थिए ।

४८औं मिनेटमा लस्टिग र क्रिस्टोफोर ओल्ससनको वान टु वान पासमा बनेको मुभलाई पोर्चुगलका गोलरक्षक रुई प्याट्रिसियोले उत्कृष्ट बचाउ गरे । ६७औं मिनेटमा जोआओ फेलिक्स वान टु वानकै अवस्था चुके ।

७२औं मिनेटमा डिएगो जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई सहजजिततर्फ अघि बढाए । उनले विलियम कार्भाल्होको पासमा दुई डिफेन्डरलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

८४औं मिनेटमा भिक्टर क्लाइसनको क्रसमा एलेक्सान्डर इसाकको फ्लिक हेडरलाई प्याट्रिसियोले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगलले ३–० को सहज जित निकाल्यो ।

जितसँगै अपराजित रहेको पोर्चुगल लिग ‘ए’ ३ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १० अंक नै भएपनि फ्रान्स दोस्रो स्थानमा रहेको छ । पराजित स्वीडेन अंकविहीन हदै पुछारमा रहँदा क्रोएसियाको ३ अंक छ ।

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.