5 years ago
October 15, 2020
एजेन्सी – युवा फरवार्ड केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको गोल सहयोगमा विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा विश्व उपविजेता क्रोएसियालाई २–१ ले पराजित गरेको छ ।

फ्रान्सले क्रोएसियालाई पछिल्लो तीन खेलमा लगातार पराजित गर्न सफल भएको हो । क्रोएसियाका निकोला भ्लासिचले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । फ्रान्सले विश्वकपको फाइनलमा तथा गत महिना नेसन्स लिगकै खेलमा क्रोएसियालाई समान ४–२ ले पराजित गरेको थियो ।
माक्सिमिरल जाग्रिवमा बुधबार राति भएको खेलमा पाहुना टोलीले खेलको आठौं मिनेटमा नै एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । फर्लान्ड मेन्डीको क्रसलाई क्रोएसियाका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई ग्रिजमनले गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

१५औं मिनेटमा फरवार्डद्वय मार्सियल र एमबाप्पेको समन्वय मिलेपनि एमबाप्पेको प्रहार पोस्टबाट थोरै बाहिरिदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । १९औं मिनेटमा फ्रान्सले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई वास्ता गरेनन् ।
३०औं मिनेटमा क्रोएसियाले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । मारियो पासालिचको पहिलो प्रहारलाई डिफेन्डर क्लेमेन्ट लेङ्लेटले ब्लक गरेपनि रिवाउन्डमा उनकै प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गर्दै बराबरी टारे । लगत्तै क्रोएसियाले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसमा कुनै प्रतिक्रिया दिएनन् ।
४५औं मिनेटमा ग्रिजमनको सुन्दर फ्रिकिकमा क्लेमेन्ट लेङ्लेटको हेडर पोस्टनजिकै बाट बाहिरिदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । प्रतिस्पर्धात्मक बनेको खेलको ६४औं मिनेटमा भ्लासिचले घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

कप्तान लुका मोड्रिचबाट आएको ब्याक पासलाई जोसिप ब्रेकालोले मिलाईदिएको पासमा निकोला भ्लासिचको प्रहारलाई फ्रान्सका गोलरक्षक लोरिसले रोक्ने कुनै अवसर नै पाएनन् । ७६औं मिनेटमा ग्रिजमनको कर्नरमा राफयल भरानबाट फ्लिक हुदै आएको बललाई पल पोग्वाको लो प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिचले सहजै नियन्त्रणमा लिए ।
७९औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । पल पोग्वाको लामो पासलाई लुकास डिग्नेले अफसाइड बिट ट्रयाप गर्दै वान टचमा फ्लिक गरेको बललाई एमबाप्पेले पनि वान भर्सेस वानको अवस्थामा वान टचमा फिनिस गरेका थिए । खेलमा पछि परेपछि घरेलु टोलीले दुई सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।
८६औं मिनेटमा माटियो कोभाचिचको प्रहारलाई गोलरक्षक लोरिसले दोस्रो प्रयासमा बचाएपनि क्रोएसिया बराबरीबाट चुक्यो । ९०औं मिनेटमा एन्डरेज क्रामारिचको सुवर्ण अवसर पाएपनि लोरिसले अर्काे उत्कृष्ट बचाउ गरेपछि फ्रान्स २–१ ले विजयी हुन सफल भयो ।
जितसँगै लिग ‘ए’ ३ मा अपराजित रहेको फ्रान्स ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहँदा क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ । समान १० अंक भएपनि पोर्चुगल गोल अन्तरमा शीर्षस्थानमा छ । स्वीडेनले अंकको खाता खोल्न सकेको छैन ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]