default_image

4 years ago

October 15, 2020

लुकाकु चम्कँदा बेल्जियमको जित

एजेन्सी – युइएफए नेसन्स लिग ‘ए’ ४ को शीर्ष होडमा रहेको बेल्जियमले आइसल्यान्डमाथि २–१ को जित दर्ता गर्दै शीर्षस्थानमा उक्लिएको छ । चौथो राउन्डको खेल सकिदा बेल्जियमको ९ तथा डेनमार्क र इंग्ल्यान्डको समान ७ अंक रहेको छ । आइसल्यान्ड अंकविहीन छ । बुधबार राति भएको खेलमा बेल्जियमको जितमा रोमेलु लुकाकुले दुवै गोल गर्दा आइसल्यान्डका बिर्किर […]

38 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिग ‘ए’ ४ को शीर्ष होडमा रहेको बेल्जियमले आइसल्यान्डमाथि २–१ को जित दर्ता गर्दै शीर्षस्थानमा उक्लिएको छ ।

चौथो राउन्डको खेल सकिदा बेल्जियमको ९ तथा डेनमार्क र इंग्ल्यान्डको समान ७ अंक रहेको छ । आइसल्यान्ड अंकविहीन छ । बुधबार राति भएको खेलमा बेल्जियमको जितमा रोमेलु लुकाकुले दुवै गोल गर्दा आइसल्यान्डका बिर्किर सायभार्सनले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

आइसल्यान्डमा भएको खेलमा बेल्जियमले खेलको नवौं मिनेटमा नै लुकाकुको गोलबाट अग्रता लिएको थियो । उनले टोवी एल्डरवेइरेल्डको क्रसलाई पेनाल्टी बक्समा नियन्त्रणमा लिदै तीन डिफेन्डरबीचबाट उत्कृष्ट फिनिस गरेका थिए ।

१७औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । रुनर मार सिगुर जोन्सनको चलाखीपुर्ण पासमा बिर्किरले कुनै गल्ती गरेनन् । ३८औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । यसपटक उनले पेनाल्टीमार्फत गोल गरेका थिए । होल्मरले पेनाल्टी बक्समा लुकाकुमासथ फल गरेपछि रेफ्रीले बेल्जियमलाई पेनाल्टी प्रदान गरेका थिए ।

दोस्रो हाफमा पनि बेल्जियमले घरेलु टोलीविरुद्ध बल पोजेसनमा बलियो पकड बनाएपनि थप गोल निस्कन सकेन । यस्तै यही समूहको अर्काे खेलमा १० खेलाडीमा समेटिएको इंग्ल्यान्ड डेनमार्कसँग १–० ले स्तब्ध हुदै शीर्षस्थानसमेत गुमाउन पुगेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.