5 years ago
October 15, 2020
एजेन्सी – १० खेलाडीमा समेटिएको बोसिनया एन्ड हर्जगोभिनामाथि सहज जित तथा इटाली र नेदरल्यान्डले बराबरी खेलेपछि पोल्यान्ड युइएफए नेसन्स लिग ‘ए’ १ को शीर्षस्थानमा उक्लन सफल भएको छ ।

घरेले मैदानमा बुधबार राति भएको खेलमा पोल्यान्डले कप्तान रोबर्ट लेवान्डोस्कीको दुुई गोल मद्दतमा बोस्नियालाई ३–० ले पराजित गरेको हो । अर्काे एक गोल कारोल लिनेट्टीले गरे । ४०औं मिनेटमा लोवान्डोस्कीको गोलबाट पोल्यान्डले अग्रता लिएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कारोलले गोल गरेपछि पोल्यान्ड खेलमा २–० ले अघि बढ्यो । ५२औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै पोल्यान्डलाई ३–० को सहज जित दिलाए ।
यो जितसँगै पोल्यान्डको ४ खेलबाट ७ अंक पुगेको छ । समान खेलबाटै इटालीको ६ तथा नेदरल्यान्डको ५ अंक रहेको छ । बोस्नियाको २ अंक छ ।

यही समूहको अर्का खेलमा इटाली र नेदरल्यान्ड्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । घरेलु टोलीका लोरेन्जो पेलिग्रिनीले गोल गर्दा नेदरल्यान्ड्सका डोनी भान डि बिकले बराबरी गोल फर्काएका थिए ।
अन्य नजिता
लिग ‘ए’ १
इटालीविरुद्ध नेदरल्यान्ड (१–१), पोल्यान्डविरुद्ध बोस्निया एन्ड हर्जगोभिना (३–०)
लिग ‘ए’ २
इंग्ल्यान्डविरुद्ध डेनमार्क (०–१), आइसल्यान्डविरुद्ध बेल्जियम (१–२)
लिग ‘ए’ ३
क्रोएसियाविरुद्ध फ्रान्स (१–२), पोर्चुगलविरुद्ध स्वीडेन (३–०)
लिग ‘बी’ १
नर्वेविरुद्ध नर्दन आयरल्यान्ड (१–०), रोमानियाविरुद्ध अष्ट्रिया (०–१)
लिग ‘बी’ २
स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (१–०), स्लोभाकियाविरुद्ध इजरायल (२–३)
लिग ‘बी’ ३
रसियाविरुद्ध हंगेरी (०–०), टर्कीविरुद्ध सर्विया (२–२)
लिग ‘बी’ ४
फिनल्यान्डविरुद्ध आयरल्यान्ड (१–०), बुल्गेरियाविरुद्ध वेल्स (०–१)
लिग ‘सी’ २
इस्टोनियाविरुद्ध अर्मेनिया (१–१), नर्थ म्यासेडोनियाविरुद्ध जर्जिया (१–१)
लिग ‘सी’ ३
ग्रीसविरुद्ध कोसोभो (०–०), मोल्दोभाविरुद्ध स्लोभेनिया (०–४)
लिग ‘सी’ ४
लिथुआनियाविरुद्ध अल्वानिया (०–०), बेलारुसविरुद्ध काजकस्तान (२–०)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]