default_image

5 years ago

October 15, 2020

इंग्ल्यान्ड डेनमार्कसँग स्तब्ध

145 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिग ‘ए’ ४ को शीर्ष होडमा रहेको इंग्ल्यान्डले डेनमार्कसँग १-० को हार‌ बेहोर्दै शीर्षस्थानमा पकड गुमाएको छ ।

घरेलु मैदानमा इंग्ल्यान्डलाई स्तब्ध बनाउन क्रिस्टियन इरिक्सनले ३५औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । ३१औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो । डोलवर्गलाई च्यालेन्ज गरेपछि डिफेन्डर ह्यारी मगाएर दोहोरो पहेंलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

३५औं मिनेटमा डेनमार्कले पेनाल्टीमार्फत अग्रता लिन सफल भयो । गोलरक्षक जोर्डन पिकफोर्ड र केएल वाल्करबिच तालमेल मिल्न नसक्दा वाल्करले पेनाल्टी बक्समा थोमस डिलानेलाई फल गरेपछि रेफ्रीले डेनमार्कलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा इरिक्सन चुकेनन् ।

१० खेलाडीमा समेटिएपछि इंग्ल्यान्डले डेनमार्कविरुद्ध उल्लेख मुभ बनाउन सकेन । इन्ज्युरी समयमा ह्यारी केनले सुवर्ण अवसर पाएपनि चुक्दा इंग्ल्यान्ड पराजित हुन पुग्यो । इन्ज्युरी समय सकिएपछि रेफ्रीले रिस जेम्सलाई रातो कार्ड देखाए ।

चौथो राउन्डको खेल सकिदा बेल्जियमको ९ तथा डेनमार्क र इंग्ल्यान्डको समान ७ अंक रहेको छ । आइसल्यान्ड अंकविहीन छ । बुधबार राति भएको खेलमा बेल्जियमको २-१ को जितमा रोमेलु लुकाकुले दुवै गोल गर्दा आइसल्यान्डका बिर्किर सायभार्सनले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.