5 years ago
October 15, 2020
एजेन्सी – इटालियन फुटबल फेडेरसन (एफआइजिसी) ले नेपोलीविरुद्धको स्थगित भएको खेलमा युभेन्ट्सलाई ३ अंक प्रदान गरेको छ ।

नेपोलीका तीन खेलाडीमा कोरोना पुष्टि भएपछि ४ अक्टोवरलाई तय भएको खेलमा नेपोलीको टोली टुरिन भ्रमणमा निस्कन सकेको थिएन । सोही कारण खेल स्थगित गरिएको थियो । तर, अन्तर्राष्ट्रिय ब्रेकपछि पुनः सिरी ‘ए’ सुचारु हुन लाग्दा (एफआइजिसी) ले युभेन्ट्सलाई ३–० को जित दिलाएको हो ।
टुरिनमा नेपोलीको टोली नआएपनि युभेन्ट्सले वार्मअपसहित शुरुवाती ११ सार्वजनिक गरेको थियो । नेपोलीका पियोटर जिलेन्स्की र इलिफ इल्माससँग एक स्टाफमा कोरोना पुष्टि भएको थियो । त्यसपछि नेपोलीका स्थानिय स्वास्थ्य अधिकारीहरुले नेपोलीको उडानमा रोक लगाएको थिए ।
एफआइजिसीले नेपोलीका टोलीलाई तीन चरणमा कोरोना चेक जाँच गराएको थियो । त्यसपछि क्लबका सबै खेलाडीलाई एक्लै बस्न आदेश दिइएको थियो । तर नेपोलीले भने नियम पालना नगरेको इटालियन संचारमाध्यमले जनाएका छन् ।

नेपोलीले टुरिन भ्रमण नर्गे खवर पाएपछि युभेन्टसले एक विज्ञप्ति जारी गर्दै टोली नेपोलीविरुद्ध खेल्न तयार रहेको बताएको थियो । अपेक्षा अनुसार नेपोली टुरिन उत्रिएनन् । रेफ्रीले निर्धारित ४५ मिनेटपछि खेल रद्द भएको घोषणा गरेका थिए ।
सिरी ‘ए’ ले अब नेपोलीले सिरी ‘ए’ खेल् सक्ने बताएका छन् । सिरी ‘ए’ को प्रोटोकलअनुसार टोलीमा थप १३ खेलाडी रहने भएकाले खेल स्थगित नहुने उल्लेख छ । जसमा गोलकिपर पनि छ । बुधबार मात्रै युभेन्ट्सका मिडफिल्डर वेस्टन क्याकेनीलाई कोरोना पुष्टि भएपछि टोली नै आइसोलेसनमा बसिसकेका छन् ।
मंगलबार मात्रै युभेन्ट्सका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना पुष्टि भएको थियो । उनी बुधबारै आफ्नो निजी जेटबाट टुरिन पुगिसकेका छन् । यो नतिजासँगै युभेन्ट्सको ३ खेलबाट ७ अंक पुगेको छ । युभेन्ट्स चौथो स्थानमा रहेको छ । ३ खेलबाटै नेपोली ५ अंकसहित आठौं स्थानमा छ ।
तीन चरणको खेल सकिँदा अपराजित रहेको एटलान्टा र एसी मिलान समान ९ अंक जोडेर पहिलो र दोस्रो स्थानमा रहेको छ । सस्सुलो ७ अंकसहित तेस्रो स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]