default_image

5 years ago

October 17, 2020

रियल म्याड्रिडलाई काडिजको चुनौती

148 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति साविकको विजेता रियल म्याड्रिडले नवप्रवेशी काडिजको सामना गर्दैछ ।

खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । शीर्षस्थानमा रहेको रियल काडिजमाथि पनि सहज जित हात पार्दै शीर्षता थप पकड बनाउने योजनामा हुनेछ ।

अन्तर्राष्ट्रिय ब्रेकपछि क्यासमिरो, लुका मोड्रिच, रोड्रिगो, फेडरिको भाल्भेर्डे, टोनी क्रुस र राफयल भरान टोलीमा फर्किसकेका छन् । चोटका कारण गोलरक्षक थिवाउट कोर्टुवाले खेल्ने सम्भावना न्युन रहँदा एन्ड्रि लुनिनले गोलपोस्ट सम्हाल्ने सम्भावना छ ।

रियलसँग यो सिजनमा उच्च प्रदर्शन गरिरहेका ब्राजिली भिनिसियस जुनियर, करिम बेन्जेमा, मार्सेलो र कप्तान सर्जियो रामोसको साथ रहेको छ । यस्तै लुकास भास्क्जेव, मार्काे एसेन्सियो, मार्टिन ओडगार्ड र इस्को पनि टोलीमा रहेको छ ।

यता, काडिज पनि रियलबाट अंक खोस्ने दाँउमा हुनेछ । ५ खेलबाट ७ अंक जोडे काडिज नवौं स्थानमा रहेको छ । अल्भारो नेग्रेडो, एलेक्स फर्नान्डेज, जर्ज पोम्वो, सल्भी सान्चेज, जोश मारी र जेन्स जोन्सनलगायतको खेलाडीको साथ छ ।

यि दुई टोली २०१५ पछि पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो । त्यतिबेला कोपा डेल रेमा रियलले ३–१ को जित निकालेको थियो ।

अन्य खेल

ग्रानडाविरुद्ध सेभिल्ला (दिउँसो ४ः४५ बजे), सेल्टा भिगोविरुद्ध एट्लेटिको म्याड्रिड (राति ७ः४५ बजे), गेटाफेविरुद्ध बार्सिलोना (राति १२ः४५ बजे)

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.