default_image

5 years ago

October 17, 2020

दीपक र आयशाले खोले केल्मीको आउटलेट

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खेल पोशाक र सामाग्रीको अन्तर्राष्ट्रिय उत्पादक ब्रान्ड केल्मीको नेपालमा दशौं आउटलेट उग्रतारा स्पोर्टस हबले औपचारिक रुपमा शनिबार विक्री सुरु गरेको छ ।

विभिन्न खेलका राष्ट्रिय खेलाडीले ललितपुरको जावलाखेलमा रहेको उग्रताराको संयुक्त रुपमा उद्घाटन गरे । १३ औं सागका दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य, मण्डेकाजी श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, भलिबल खेलाडी प्रतिभा मालीले संयुक्त रुपमा हबको उद्घाटन गरेका थिए ।

उग्रताराको सञ्चालन र व्यवस्थापन खेलकुदका सफल दम्पती ओलम्पियन दीपक विष्ट र १३ औं सागकी दोहोरो स्वर्णधारी आयशा शाक्यले गर्नेछन् । विष्टको संलग्नतामा बानेश्वरमा स्पोर्टस् युनिभर्स पनि सञ्चालनमा छ । खेल जीवनमा सबैका शुभेच्छा र साथ पाउने गरेको स्मरण गर्दै व्यवसायिक यात्रामा पनि त्यस्तै साथ रहने अपेक्षा गरेका छन् । उनले नाफाबाट केहि प्रतिशत कार्यमा खर्चने जानकारी दिए ।

नेपालका लागि स्पेनिस स्पोर्टस ब्रान्ड केल्मीको आधिकारिक विक्रेता कामारुका प्रबन्ध निर्देशक उत्तम न्यौपानले नेपालमा नम्बर एक ब्रान्ड बन्ने लक्ष्यका साथ अघि बढ्ने क्रममा सफल खेलाडी दीपक विष्टसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

केल्मीको आउटलेट दरबारमार्ग, दमक, बौद्ध, धरान, पोखरा, सुर्खेत, नायारणघाट, नक्साल, लमजुङमा सञ्चालनमा छन् । आउटलेटमा यसअघि फुटबलका अधिकांश खेल सामाग्री र पोशाक पाइन्थ्यो । अब भलिबल र बास्केटबलको पनि पाइने न्यौपानेले जानकारी दिए । उनका अनुसार सबै उमेर महिला पुरुषलाई क्याजुअल वेयर पाइनेछ ।

कामारुका संस्थापक निर्देशक प्रदीप न्यौपानेले नेपालमा पनि स्पोर्टस वेयरको ब्रान्डप्रतिको सचेतना बढ्दै गएको कारण केल्मीको आधिकारिक विक्रेता लिएर काम अघि बढाएको बताए ।

‘हाम्रो कमाई, खर्च गर्न सक्ने क्षमता र रिजनेबल प्राइसमा खरिद गर्न सकिने ब्रान्डका रुपमा रहेकोले हामीले केल्मीको वितरण सुरु गरेका हौं,’ गैर आवासिय नेपाली संघ (एनआएनए) चीनका अध्यक्ष समेत रहेका न्यौपानले भने, ‘हाम्रो लक्ष्य भनेको भविष्यमा नेपालभर विक्री सुरु गर्ने हो । देशका विभिन्न शहरमा हामी पुगिसकेका छौं । भविष्यमा अरु शहरमा पनि पुग्नेछौं ।’

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रायोजक केल्मीले ए डिभिजन क्लबका विभिन्न क्लबलाई पनि प्रायोजन गरेको छ ।

थप तस्बिरका लागि यहाँ थिच्नुहोस :

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.