default_image

5 years ago

October 21, 2020

पोग्बाप्रति प्रशिक्षकको विश्वास

116 views

0 Bookmark

एजन्सी – पाउल पोग्बा म्यानचेस्टर युनाइटेडका महत्त्वपूर्ण खेलाडी मध्य एक हुन् । तर, उनले स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिड जाने चाहना रहेको समय समयमा सार्वजनिक गर्दै आएका छन् ।

हालैको अन्तर्राष्ट्रिय विश्रामका दौरान पोग्बाले रियल जानु अन्य खेलाडीको जस्तो सपना पूरा भएसरह हुने बताएका थिए । तर, युनाइटेडका ओले गुनार सोल्सायरले अझै केहि वर्ष सोही क्लबमा रहने बताएका छन् ।

युनाइटेडसँग पोग्बाको अहिलेको सम्झौता २०२१ सम्म रहेको छ । अहिलेको सम्झौता अनुसार थप पारिश्रमिक सहित अर्को एक वर्ष नविकरण गर्न सकिने उल्लेख छ ।

‘पोग्बा हाम्रा खेलाडी हुन् । उनी अझै २ वर्ष हामीसँग हुनेछन्, आइतबार न्यू क्यासलसँग खेल्ने तयारीमा रहेको युनाइटेडका प्रशिक्षक सोल्सायरले भने, ‘उनी आफ्नो प्रदर्शनलाई स्तरीय बनाउनेमा केन्द्रित हुनेछन् । हामी पनि उनीबाट उत्कृष्ट प्रदर्शन चाहन्छौं । त्यसैले मलाई विश्वास छ उनी अझै केहि वर्ष रहनेछन् र उत्कृष्ट प्रदर्शन गर्नेछन् ।’

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.