5 years ago
October 17, 2020
एजेन्सी – ला लिगा च्याम्पियन रियल म्याड्रिडमा करिम बेन्जेमा टोलीका मुख्य फरवार्ड हुन् । १२ वर्षयता बेन्जेमा टोलीको हिस्सा रहँदै आएका छन् । क्रिस्टियानो रोनाल्डोले रियल छाडेर गएयता फरवार्डको मुख्य जिम्मेवारी बेन्जेमाकै काँधमा रहँदै आएको छ ।

यो सिजन रियलले नयाँ खेलाडी भित्राएन । त्यसका वावजुद भविष्यका लागि रियलले केहि खेलाडीमा चासो राखेको बताइन्छ । त्यस्तै बेन्जेमाको विकल्पका रुपमा बोरुसिया डर्टमन्डका फरवार्ड इर्लिङ हालान्डलाई हेरिएको छ ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि त्यसलाई सिधै त होइन, घुमाउरो रुपमा स्वीकार गरेका छन् । हालान्ड र रियलका प्लेमेरका मार्टिन ओडेगार्डले केहि दिन अघि नर्वेका लागि खेलेका थिए । नर्वेका लागि त्यो जोडीले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
‘४–४–२ को प्रणालीमा मार्टिनले केहि फरक ढंगले खेले ,’ शुक्रबार प्रि म्याच कन्फ्रेसनमा जिदानले भने, ‘हालान्ड मेरो खेलाडी होइनन् । तर म यति भन्न सक्छु उनी राम्रो खेलाडी हुन् ।’

बोर्जा मायोरललाई जिदान रियलमै राख्न चाहन्थे भने लुका जोभिचलाई लोनमा पठाउन चाहन्थे । तर भयो उल्टो मायोराल रोमा पुगे भने जोभिच क्लबमै रहे । जिदानले खेलाडीहरुसँगको कुराकानी व्यक्तिगत भएको प्रष्ट पारेका छन् ।
‘म आफ्ना खेलाडी सँग कुरा गर्छु । तर ती सबै कुरा म सार्वजनिक गर्दिन, ‘उनले भने, ‘म यसमा इमान्दार रहन्छु । हरेक विषयमा सबैका आ आफ्नो धारणा हुन्छ ।’

फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पले अन्तर्राष्ट्रिय विश्रामका दौरान रियलका महान खेलाडी रोनाल्डो र लुका माड्रिचको तारिफ गरेका थिए । पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ठूलो रकममा उनी भविष्यमा रियल जाने सम्भावना रहेको अनुमान गरिन्छ । तर, त्यो चर्चाले अहिले रियलमा प्रभाव नपर्ने जिदानले बताएका छन् ।
‘यस्तो भइरहन्छ । एमबाप्पेका विषयमा मात्र होइन तर फुटबलमा विभिन्न खाले हल्ला चलिरहन्छ ,’ जिदानले थपे, ‘त्यो चर्चाले हामीलाई असर गर्दैछ । तर अहिले बजार बन्द भइसकेको छ । रियलले शनिबार काडिजसँग खेल्दैछ ।’
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]