default_image

5 years ago

October 17, 2020

लिभरपुल र एभर्टनको रोमाञ्चक बराबरी

149 views

0 Bookmark

एजेन्सी – यो सिजन उच्च प्रदर्शन गरिरहेको एभर्टन र गत वर्षको विजेता लिभरपुलबीच भएको मर्सिसाइड डर्बी बराबरीमा सकिएको छ । एभर्टनले घरेलु मैदानमा साविकको विजेता लिभरपुलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दुईपटक पछि परेपनि एभर्टनले पूनरागमन गर्दै खेललाई बराबरीमा रोक्न सफल भएको हो । लिभरपुलका साडियो माने र मोहम्मद सलाहले गोल गर्दा एर्भटनका माइकल किन र डोमिनिक काल्भर्ट लेविनले बराबरी गोल फर्काए ।

गुडिसन पार्कमा शनिबार राति खेलको तेस्रो मिनेटमा नै लिभरपुलले मानेको गोलबाट अग्रता लिएको थियो । उनले एन्ड्रु रोबर्टसनले कप्तान सिमस कोलेमनलाई बिट गर्दै दिएको पासमा गोल गर्न सफल भएका थिए ।

छैटौं मिनेटमा एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्ड रातो कार्ड खानबाट बचे । भर्जिल भान डाइकलाई फल गरेपनि भिएआरको सहायतामा उनी कार्डबाट बचेका थिए । चोटका कारण भान डाइकले ११औं मिनेटमा मैदान छाडेको थियो ।

१२औं मिनेटमा लुकास डिग्ने चुक्दा एभर्टन पनि बराबरीबाट चुक्यो । १३औं मिनेटमा रोबर्टाे फिर्मिन्हो चुक्दा लिभरपुल अग्रता दोब्बर पार्नबाट चुक्यो । १९औं मिनेटमा एभर्टनले बराबरी गोल फर्कायो । हामेस रोड्रिग्वेजको कर्नरलाई किनले गोल गरेका थिए । ३२औं मिनेटमा माने, फिर्मिन्हो र रोबर्टसनको समन्वयमा बनेको मुभमा माने चुक्दा लिभरपुलले अग्रता लिने अवसर गुमायो । ३९औं मिनेटमा थियागो अलकान्तराले मौकाको सदुपयोग गर्न सकेन ।

४८औं मिनेटमा कप्तान जोर्डन हेन्डरसनको प्रहार पोस्टबाट थोरै बाहिरियो । ५०औं मिनेटमा काल्भर्टले अवसर पाएपनि सदुपयोग गर्न सकेन । ५९औं मिनेटमा रिचार्लीसनको प्रहार पोस्टमा लागेर फर्कदा एभर्टन अग्रता लिनबाट चुक्यो ।

७२औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई पुनः २–१ को अग्रता दिलाए । ७७औं मिनेटमा गोलरक्षक जोर्डन पिकफोर्डले एलेक्सान्डर अर्नाेल्डको प्रहारलाई सुन्दर बचाउ गर्दै लिभरपुलको सम्भावित गोल टारे । ८१औं मिनेटमा काल्भर्टले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले लुकास डिग्नेको पासमा गोल गर्न सफल भएका थिए ।

९०औं मिनेटमा अलकान्तरालाई फल गरेपछि रिचार्लीसन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि एभर्टन १० खेलाडीमा समेटियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान जोर्डन हेन्डरसनले गोल गरेपनि भिएआरको मान्यता नपाउदा लिभरपुल जितबाट वञ्चित बन्यो ।

यो बराबरीसँगै एभर्टन ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । लिभरपुलका १० अंक पुगेको छ

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.