default_image

5 years ago

October 17, 2020

एटलान्टामाथि नेपोलीको सानदार जित

126 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसएस नेपोलीले एटलान्टामाथि सानदार जित निकालेको छ । नेपोलीले घरेलु मैदानमा एटलान्टामाथि ४–१ को सानदार जित हात पारेको हो ।

सान पाउलो नेपोलीमा शनिबार राति भएको खेलमा घरेलु टोलीमो जितमा हिर्भिङ लोजानोले दुई तथा माटियो पोलिटानो र भिक्टर ओसिमहेनले गोल गरे । एटलान्टाका साम लामर्सले सान्त्वना गोल फर्काए ।

यस सिजनमा एटलान्टाको यो पहिलो हार हो । यो हारसँगै एटलान्टाको ४ खेलबा ९ अंक रहेको छ । समान खेलबाटै नेपोलीको ८ अंक पुगेको छ । नेपोलीले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो । दोस्रो हाफमा एटलान्टाले गोल फर्काएपनि हार टार्न सकेन ।

खेलको २३औं मिनेटमा लोजानोको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । २७औं मिनेटमा लोजानोले नै नेपोलीको अग्रता दोब्बर बनायो । ३०औं मिनेटमा पोलिटानोले गोल गरेपछि नेपोलीले ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

४३औं मिनेटमा ओसिमहेमले गोल गरेपछि नेपोलीले पहिलो हाफमै ४–० को आरादायी अग्रता लिन सफल भयो । ६९औं मिनेटमा लामर्सले गोल गर्दै एटलान्टालाई ४–१ को अवस्थामा ल्याए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा नेपोलीको फराकिलो जित सम्भव भयो ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.