default_image

4 years ago

October 17, 2020

चेल्सी र साउथह्याम्प्टनको ६ गोलको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी साउथह्याम्प्टनसँग बराबरीमा रोकिएको छ । अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सी साउथह्याम्टनसँग ३–३ गोलको बराबरीमा रोकिन बाध्य बनेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीको जितमा टिमो वेर्नरले दुई गोल गर्दा काई हाभर्टजले एक गोल थपे । साउथह्याम्प्टनका ड्यानी इंग्स, चे एडम्स र जान्निक भेस्टरगार्डलेले बराबरी गोल फर्काए […]

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी साउथह्याम्प्टनसँग बराबरीमा रोकिएको छ । अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सी साउथह्याम्टनसँग ३–३ गोलको बराबरीमा रोकिन बाध्य बनेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीको जितमा टिमो वेर्नरले दुई गोल गर्दा काई हाभर्टजले एक गोल थपे । साउथह्याम्प्टनका ड्यानी इंग्स, चे एडम्स र जान्निक भेस्टरगार्डलेले बराबरी गोल फर्काए ।

खेलको १५औं मिनेटमा टिमो वेर्नरको गोलबाट चेल्सीले खेलमा अग्रता लिएको थियो । उनले बेन चिलवेलको पासमा गोल गरेका थिए । २९औं मिनेटमा वेर्नरले नै जर्गिन्होको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट फिनिस गरेपछि चेल्सी २-० ले अघि बढेको थियो ।

४३औं मिनेटमा ड्यानी इंग्सले चे एडाम्सको गोलमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ५७औं मिनेटमा चे एडम्सले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर त्यसको दुई मिनेट पछि नै टिमो वेर्नरको पासमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई ३–२ को अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा थियो वाल्कोटमा पासमा जान्निकले गोल गर्दै चेल्सीबाट अंक खोस्न सफल भए । यो बराबरीसँगै चेल्सी ५ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । साउथह्याम्टन ७ अंकसहित १०औं स्थानमा रहेको छ ।

त्यसअघि यो सिजन उच्च प्रदर्शन गरिरहेको एभर्टन र गत वर्षको विजेता लिभरपुलबीच भएको मर्सिसाइड डर्बी बराबरीमा सकिएको थियो । एभर्टनले घरेलु मैदानमा साविकको विजेता लिभरपुलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दुईपटक पछि परेपनि एभर्टनले पूनरागमन गर्दै खेललाई बराबरीमा रोक्न सफल भएको हो । लिभरपुलका साडियो माने र मोहम्मद सलाहले गोल गर्दा एर्भटनका माइकल किन र डोमिनिक काल्भर्ट लेविनले बराबरी गोल फर्काए ।

गुडिसन पार्कमा शनिबार राति खेलको तेस्रो मिनेटमा नै लिभरपुलले मानेको गोलबाट अग्रता लिएको थियो । उनले एन्ड्रु रोबर्टसनले कप्तान सिमस कोलेमनलाई बिट गर्दै दिएको पासमा गोल गर्न सफल भएका थिए ।

छैटौं मिनेटमा एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्ड रातो कार्ड खानबाट बचे । भर्जिल भान डाइकलाई फल गरेपनि भिएआरको सहायतामा उनी कार्डबाट बचेका थिए । चोटका कारण भान डाइकले ११औं मिनेटमा मैदान छाडेको थियो ।

१२औं मिनेटमा लुकास डिग्ने चुक्दा एभर्टन पनि बराबरीबाट चुक्यो । १३औं मिनेटमा रोबर्टाे फिर्मिन्हो चुक्दा लिभरपुल अग्रता दोब्बर पार्नबाट चुक्यो । १९औं मिनेटमा एभर्टनले बराबरी गोल फर्कायो । हामेस रोड्रिग्वेजको कर्नरलाई किनले गोल गरेका थिए । ३२औं मिनेटमा माने, फिर्मिन्हो र रोबर्टसनको समन्वयमा बनेको मुभमा माने चुक्दा लिभरपुलले अग्रता लिने अवसर गुमायो । ३९औं मिनेटमा थियागो अलकान्तराले मौकाको सदुपयोग गर्न सकेन ।

४८औं मिनेटमा कप्तान जोर्डन हेन्डरसनको प्रहार पोस्टबाट थोरै बाहिरियो । ५०औं मिनेटमा काल्भर्टले अवसर पाएपनि सदुपयोग गर्न सकेन । ५९औं मिनेटमा रिचार्लीसनको प्रहार पोस्टमा लागेर फर्कदा एभर्टन अग्रता लिनबाट चुक्यो ।

७२औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई पुनः २–१ को अग्रता दिलाए । ७७औं मिनेटमा गोलरक्षक जोर्डन पिकफोर्डले एलेक्सान्डर अर्नाेल्डको प्रहारलाई सुन्दर बचाउ गर्दै लिभरपुलको सम्भावित गोल टारे । ८१औं मिनेटमा काल्भर्टले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले लुकास डिग्नेको पासमा गोल गर्न सफल भएका थिए ।

९०औं मिनेटमा अलकान्तरालाई फल गरेपछि रिचार्लीसन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि एभर्टन १० खेलाडीमा समेटियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान जोर्डन हेन्डरसनले गोल गरेपनि भिएआरको मान्यता नपाउदा लिभरपुल जितबाट वञ्चित बन्यो ।

यो बराबरीसँगै एभर्टन ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । लिभरपुलका १० अंक पुगेको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.