default_image

5 years ago

October 17, 2020

एट्लेटिकोको जितमा सुआरेजको गोल

174 views

0 Bookmark

एजेन्सी – फरवार्ड लुइस सुआरेज र यान्निक कारास्कोको गोल मद्दतमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा डि भिगोलाई २–० ले पराजित गरेको छ ।

एट्लेटिकोले सेल्टालाई उसकै मैदानमा पराजित गरेको हो । शनिबार राति भएको खेलको छैटौ मिनेटमा नै सुआरेजको गोलबाट एट्लेटिकोले खेलमा अग्रता लिएको थियो । कप्तान कोकीबाट डिएगो कोस्टा हुदै म्यानुयल सान्चेजको पासमा सुआरेजले गोल गर्न सफल भएका थिए ।

२४औं मिनेटमा सेल्टा बराबरीबाट चुक्यो । ओलाजाको फ्रिकिकमा सान्टी मिनाको प्रहारलाई एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले बचाए । लगत्तै सर्जियो क्यारेइराको प्रहार पोस्टमा लागेर फर्कियो । ४७औं मिनेटमा सुआरेज चुक्दा एट्लेटिकोले अग्रता दोब्बर पार्नबाट चुक्यो ।

त्यसपछि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल निस्कन सकेन । तर इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा यान्निका कारास्कोले गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाए । जितसँगै एट्लेटिकोको ४ खेलबाट ८ अंक पुगेको छ । पराजित सेल्टाको ५ अंक छ ।

ला लिगाकै अर्काे खेलमा ग्रानडाले १० खेलाडीमा समेटिएको सेभियालाई १–० ले पराजित गरेको छ । ग्रानडाका याङ्गेल हेरेराले ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सेभियाका जोन जोर्डन पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दुई मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै ग्रानडाको ५ खेलबाट १० अंक पुगेको छ । सेभियाको ७ अंक छ ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.