default_image

5 years ago

October 18, 2020

क्याडिजसँग रियल म्याड्रिड स्तब्ध

197 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड नव प्रवेशी क्याडिजसन्ग स्तब्ध बनेको छ । रियरल घरेलु मैदानमा क्याडिजसँग १–० ले स्तब्ध बनेको हो ।

नयाँ सिजनको ला लिगामा रियलको यो पहिलो हार हो । पहिलो खेलमा रियल सोसिडाडसँग बराबरीमा रोकिएको रियलले त्यसपछिको सबै तीन खेलमा जित हात पारेको थियो । रियललाई स्तब्ध बनाउन एन्थोनी लोसानोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले १६औं मिनेटमा अल्भेरो नेग्रेडोको पासमा गोल गर्न सफल भएका थिए । अल्फ्रेडो डि स्टेफानोका शनिबार राति भएको खेलमा पाहुना टोलीले खेलको शुरुवातमा रियललाई दवावमा राख्दै गोल निकाल्न सफल भएको थियो ।

खेलको दोस्रो मिनेटमा नै एलेक्स फर्नान्डेजको क्रसलाई अल्भेरो नेग्रेडोले गोलरक्षक थिवाउट कोर्टुवालाई बिट गर्दै गरेको प्रहारलाई कप्तान सर्जियो रामोसले गोललाईनबाट बचाउदै क्याडिजको अग्रता टारे । आठौं मिनेटमा नेग्रेडोकै पासमा एन्थोनी लोसानोको प्रहारलाई कोर्टुवाले पन्च गर्दै बचाए ।

१२औं मिनेटमा लुकास भास्क्वेजको प्रहार पोस्टबाट थोरै बाहिरिदा रियल अग्रता लिनबाट चुक्यो । १४औं मिनेटमा जुआन कालाको प्रहारले पोस्टको दिशा लिएन । १६औं मिनेटमा लोसानोको गोलबाट क्याडिजले रियलविरुद्ध अग्रता लिन सफल भयो । जोश मारीको क्रसमा नेग्रेडोले मिलाईदिएको हेडर पासमा अनमार्क रहेका लोसानोको चिप प्रहारलाई कोटुैवाले बचाउन सकेन ।

३०औं मिनेटमा काउन्टर अट्याकमा मारीकै पासमा लोसानोको फितले प्रहारलाई कोर्टुवाले बचाए । ३८औं मिनेटमा टोनी क्रुसको कर्नरमा राफयल भरानको हेडर पोस्ट नजिकैबाट बाहिरिदा रियल बराबरीबाट चुक्यो ।

एक गोलले पछि परेको रियलले दोस्रो हाफमा पनि बल पोजेसनमा बलियो पकड बनाएपनि क्याडिजको रक्षापङ्ति तोड्न सकेन । ६८औं मिनेटमा टोनी क्रुसको क्रसमा भिनिसियस जुनियरको हेडर पोस्टबाट थोरै बाहिरियो ।

८०औं मिनेटमा लुका जोभिकले गोल गरेपनि अफसाइडका कराण मान्यता पाएन । मार्सेलोको क्रसमा अघि बढेको करिम बेन्जेमा अफसाइड पोजिसनका रहेका थिए । उनको पासमा जोभिकले गोल गरेपनि मान्यता पाएन ।

लगत्तै ८१औं मिनेटमा करिम बेन्जेमाको प्रहार क्रसबारमा लागेर फर्कदा रियल म्याड्रिड बराबरीबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल १–० ले स्तब्ध बन्न पुग्यो ।

हारपछि पनि रियल गोल अन्तरमा शीर्षस्थानमा यतावत रहेको छ । रियलको ५ खेलबाट १० अंक रहेको छ । समान खेलबाटै गेटाफे र क्याडिजको पनि १० अंक पुगेको छ । तर, गोलअन्तरमा गेटाफे र क्याडिज दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.