default_image

5 years ago

October 18, 2020

गेटाफेसँग बार्सिलोनाको हार

184 views

0 Bookmark

एजेन्सी – नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा क्याटलान क्लब बार्सिलोनाले पहिलो हार बेहोरेको छ । स्पेनिस ला लिगामा बार्सिलोना गेटाफेसँग १–० ले पराजित भएको हो ।

रोनाल्डको प्रशिक्षणमा बार्सिलोना सातौ खेलमा पराजित भएको हो । कोलिसिअम अलफोन्सो पेरेज स्टेडियममा बार्सिलोनालाई पराजित गर्न घरेलु टोली गेटाफेका जेइमी माटाले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

बल पोजेसनमा बलियो पकड बनाएपनि बार्सिलोनाले गेटाफेको रक्षापङ्ति तोड्न सकेन । १८औं मिनेटमा काउन्टर एट्याकमा मोउरो एरामबारीको पासमा नेमान्जा माक्सिमोभिकको प्रहारलाई बार्सिलोनाका गोलरक्षक नेटोले बिफल पारे ।

२०औं मिनेटमा पेड्रीको पासमा कप्तान लियोनेल मेस्सीको प्रहार पोस्टबाट थोरै बाहिरिदा बार्सिलोना अग्रता लिनबाट चुक्यो । ३०औं मिनेटमा फ्रान्की डि जोङको पासमा एन्टोइन ग्रिजमन चुके । ५६औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको अवसर पायो ।

डि जोङले पेनाल्टी बक्समा एलान न्योममाथि फल गरेपछि रेफ्रीले गेटाफेलाई पेनाल्टीको अवसर प्रदान गरेको थियो । जसमा जेइमी माटाले गोल गर्दै गेटाफेलाई १–० को अग्रता दिलाए ।

७९औं मिनेटमा डि जोङकै पासमा अन्सु फातीले वान भर्सेस वानको अवस्थामा गोल गर्न चुक्दा बार्सिलोना बराबरीबाट समेत चुक्यो । ८३औं मिनेटमा माटाको पासमा जुवान हर्नान्डेजको प्रहारलाई नेटोले पञ्च गर्दै बचाए ।

बार्सिलोनाले दोस्रो हाफमा अन्सु फाती, फिलिपे कौटिन्हो, रिकी पुच, ट्रिन्काओ र मार्टिन ब्रेथवेटलाई मैदानमा पठाएपनि हार टार्न सकेन ।

जितपछि गेटाफे ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको रियल म्याड्रिडसँग अंक बराबरी भएपनि गेटाफे गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित बार्सिलोना ४ खेलबाट ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.