default_image

5 years ago

October 18, 2020

म्यानचेस्टरको सानदार जित, सिटी पनि विजयी

159 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले जित निकालेको छ । युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को सानदार जित हात पारेको हो ।

आत्मघाती गोलमार्फत पछि परेपनि युनाइटेडले पूनरागमन गर्दै ४–१ को सानदार जित हात पारेको हो । युनाइटेडको जितमा ह्यारी मिगुएर, ब्रुनो फर्नान्डेस, आरोन वान बिशाखा र मार्कुस रासफोर्डले गोल गरे । लुक साले आत्मघाती गोल गरेका थिए ।

सेन्ट जेम्स पार्कमा शनिबार राति भएको खेलको दोस्रो मिनेटमा नै लुक साको आत्मघाती गोलबाट युनाइटेड पछि परेको थियो । २०औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेपनि उनको गोलले भिएआरले मान्यता पाएन । २३औं मिनेटमा जुवान माटाको पासमा ह्यारी मिगुएरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५८औं मिनेटमा ब्रुनो पेनाल्टीमा चुक्दा युनाइटेडले खेलमा अग्रता लिने अवसर गुमायो । खेलको अन्त्यतिर तीन गोल गर्दै युनाइटेडले न्युक्यासलमाथि सहज जित निकाल्न सफल भयो ।

८६औं मिनेटमा मार्कुस रासफोर्डको पासमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । ९०औं मिनेटमा रासफोर्डकै पासमा आरोना वान विशाखाले गोल गर्दै युनाइटेडलाई सहज जिततर्फ अघि बर्ढा । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा ब्रुनोको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई ४–१ को सहज जित दिलाए ।

जितसँगै युनाइटेड ४ खेलबाट ६ अंक जोडेर १४औं स्थानमा उक्लिएको छ । न्युक्यासल ७ अंकसहित ११औं स्थानमा छ । अर्काे खेलमा रहिम स्ट्रलिङको एकमात्र गोलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि १–० को झिनो जित निकालेको छ ।

स्ट्रलिङले खेलको २३औं मिनेटमा गोल गरेका थिए । जितपछि सिटी ७ अंक जोडेर नवौं स्थानमा उक्लदा आर्सनल ९ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.