5 years ago
October 18, 2020
एजेन्सी – मिलान ‘डर्वी’ मा स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि एसी मिलानले इटालियन सिरी ‘ए’ मा इन्टर मिलानलाई २–१ ले पराजित गरेको छ ।

मिलानले २०१७ पछि इन्टर मिलानलाई हराउन सफल भएको हो । २०१७ डिसेम्वरमा कोपा इटालियाको क्वाटरफाइनलमा मिलानले अतिरिक्त समयमा १–० को जित निकालेको थियो । त्यसयता मिलानले इन्टरमाथि पछिल्लो पाँच खेलमा जित निकाल्न सकेको थिएन ।
इन्टरको मैदानमा शनिबार राति भएको खेलमा मिलानले खेलको १३औं मिनेटमा अग्रता लिएको लिएको थियो । ज्लाटनले पेनाल्टी चुकाएपनि रिवाउन्डमा गोल गर्न सफल भएको थियो । हकान कलहानोग्लुलाई एलेक्सान्डर कोलारोभले फल गरेपछि रेफ्रीले मिलानलाई पेनाल्टी दिएको थियो ।

१६औं मिनेटमा राफयल लियोको पासमा ज्लाटनले व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले खेलमा २–० को अग्रता बनाउन सफल भयो । १८औं मिनेटमा रोमेलु लुकाकुको प्रहारलाई मिलानका गोलरक्षक जियानलुजी डोन्नररुम्माले बचाए । २९औं मिनेटमा लुकाकुले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । उनले इभान पेरिसिसको पासमा गोल गरेका थिए ।
३२औं मिनेटमा अचरफ हाकिमीको क्रसमा लोउटारो मार्टिनेजको हेडरलाई सिमोन केजाइरले राम्ररी क्लियर गर्न नसकेको बललाई लुकाकुमार्फ निको बरेल्लाले गरेको प्रहारलाई डोन्नररुम्माले बचाए । पहिलो हाफको इन्ज्युरी समयमा आर्टुरो भिडालको कर्नरमा लुकाकुको हेडर पोस्ट नजिकैबाट बाहिरिदा इन्टर बराबरीबाट चुक्यो ।

७२औं मिनेटमा स्यामुइल क्यास्टेलिजो पासमा राडे क्रुनिकको प्रहारलाई इन्टरका गोलरक्षक समिर हान्डानोभिकले बचाए । ७३औं मिनेटमा इन्टरले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । ८४औं मिनेटमा थियो हर्नान्डेजको फ्रिकिकमा ज्लाटनको हेडरलाई इन्टरका डिफेन्डरले क्लियर गरिदिए । इ
न्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मार्टिनेजको पासमा लुकाकु चुके । त्यसपछि लुकाकुकै अर्काे प्रहारलाई डोन्नररुम्माले उत्कृष्ट बचाउ गदै मिलानलाई २–१ को जित दिलाए । जितसँगै अपराजित रहेको मिलान ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित इन्टर ७ अंकसहित छैटौ स्थानमा छ ।
यस्तै अर्काे खेलमा साम्पडोरियाले लाजियोलाई ३–० ले पराजित गरेको छ । साम्पडोरिया ६ अंकसहित नवौं स्थानमा तथा लाजियो ४ अंकसहित ११औं स्थानमा छ ।
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]