default_image

4 years ago

October 18, 2020

युभेन्ट्स क्रोटोनसँग रोकियो

एजेन्सी – डिफेन्डिङ च्याम्पियन युभेन्ट्स इटालियन सिरी ‘ए’ मा क्रोटोनसँग बराबरीमा रोकिएको छ । युभेन्ट्सले घरेलु टोली क्रोटोनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । क्रोटोनमा शनिबार राति भएको खेलमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको युभेन्ट्स खेलको १२औं मिनेटमा पछि परेको थियो । सिमीले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० को […]

29 views

0 Bookmark

एजेन्सी – डिफेन्डिङ च्याम्पियन युभेन्ट्स इटालियन सिरी ‘ए’ मा क्रोटोनसँग बराबरीमा रोकिएको छ । युभेन्ट्सले घरेलु टोली क्रोटोनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो ।

क्रोटोनमा शनिबार राति भएको खेलमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको युभेन्ट्स खेलको १२औं मिनेटमा पछि परेको थियो । सिमीले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

काउन्टर अट्याकमा बल अघि बढाइरहेका अर्काडिउस रिकालाई लियोनार्दाे बोनुचीले पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले क्रोटोनलाई पेनाल्टी दिएको थियो । २१औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

उनले फेडरिको चिइसाको पासमा गोल गर्न सफल भएका थिए । ४४औं मिनेटमा साल्भाटोर मोलिनाको प्रहार पोस्टमा लागेर फकैदा क्रोटोनले खेलमा पुनः अग्रता लिने अवसर खेर फाल्यो ।

६०औं मिनेटमा युभेन्टस १० खेलाडीमा सीमित बन्यो । लुका सिगारिनीमाथि फल गरेपछि रेफ्रीले फेडरिको चिइसालाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाए । ६२औं मिनेटमा डिजान कुकुसेभ्स्कीले मोराटाको पासमा गरेको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।

७७औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपनि भिएआरको मान्यता पाएन । त्यसपछि थप अवसर सिर्जना भएपनि गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुगिंयो ।

बराबरीपछि युभेन्ट्स ४ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा रहँदा क्रोटोन १ अंकसहित १८औं स्थानमा छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.