default_image

4 years ago

October 18, 2020

रियलमा बेलको फरक मत

एजेन्सी – गत सिजन को कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण ला लिगाकासहित युरोपका सबै लिगहरु स्थगित भएका थिए । त्यो समयमा अधिकांश क्लबले खेलाडीको पारिश्रमिकमा कटौती गरेका थिए । त्यसका लागि खेलाडी पनि सहमत भएका थिए । तर, रियल म्याड्रिडका सबै खेलाडी पारिश्रमिक कटौतीका लागि तयार हुँदा स्टार ग्यारेथ बेल भने तयार नभएको खुलेको […]

32 views

0 Bookmark

एजेन्सी – गत सिजन को कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण ला लिगाकासहित युरोपका सबै लिगहरु स्थगित भएका थिए । त्यो समयमा अधिकांश क्लबले खेलाडीको पारिश्रमिकमा कटौती गरेका थिए ।

त्यसका लागि खेलाडी पनि सहमत भएका थिए । तर, रियल म्याड्रिडका सबै खेलाडी पारिश्रमिक कटौतीका लागि तयार हुँदा स्टार ग्यारेथ बेल भने तयार नभएको खुलेको छ । अन्य सबै खेलाडी पारिश्रमिकको १० प्रतिशत रकम कटौतीका लागि सहमत भएका थिए।

क्लबका प्रबन्ध निर्देशक जोसे एन्जेल सान्चेजका अनुसार टोलीका कप्तान सर्जियो रामोसमार्फत खेलाडीलाई पारिश्रमिक कटौतीका विषयमा मध्यस्थकर्ताका रुपमा प्रयोग गरिएको थियो । तर, बेल भने त्यो प्रस्तावमा राजी नभएको बताइएको छ ।

प्रतिनिधिमार्फत आएको प्रस्तावलाई वेल्सका अन्तर्राष्ट्रिय बेलले आफु कत्ति पनि पारिश्रमिक कटौतीको लागि तयार नभएको बताएको सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक रियलले ला लिगा जित्दाको बोनस रकम कटौतीका लागि पनि टोलीका खेलाडी सहमत भएको बताइएको छ ।

फुटबल पुनः सुरु नभएको अवस्था सम्म पारिश्रमिकमा २० प्रतिशत कटौतीका लागि पनि खेलाडीले स्वीकृति जनाएको बताइएको छ । नयाँ सिजनका लागि बेल रियलबाट लोनमा प्रिमियर लिग टोली टोटेनहम फर्केका छन् । उनी ७ वर्षअघि टोटेनहमबाटै रियल पुगेका थिए ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.