5 years ago
October 18, 2020
एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र जर्मन मिडफिल्डर थोमस मुलरले समान दुई गोल गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ । बायर्नले नव प्रवेशी अर्मेनिया बिलेफिल्डमाथि ४–१ को फराकिलो जित निकालेको हो ।

खेलको आठौं मिनेटमा थोमस मुलरको गोलबाट बायर्नले अग्रता लिएको थियो । २६औं मिनेटमा लियोन गोरेट्जकाको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो ।

५१औं मिनेटमा लेवान्डोस्कीको पासमा मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले खेलमा ४–० को अग्रता लिन सफल भयो । ५८औं मिनेटमा रिट्सु डोआनले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ७६औं मिनेटमा कोरेन्टिन टोलिसो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा समेटियो ।

त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न फराकिलो जित निकाल्न सफल भयो । जितसँगै बायर्न ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित अर्मिनिया ४ अंकसहित १४औं स्थानमा छ ।
अन्य नतिजा
अग्सवर्गविरुद्ध आरबी लाइप्जिग (०–२), फ्रेइवर्गविरुद्ध वेर्डर ब्रेमेन (१–१), हर्था बर्लिनविरुद्ध स्टुटगार्ट (०–२), मेइन्जविरुद्ध बायर लिभरकुसन (०–१), होफेनहाइनविरुद्ध बोरुसिया डर्टमुन्ड (०–१) र बोरुसिया मोन्चेनग्लाडवाकविरुद्ध वल्फ्सवर्ग (१–१)
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]