default_image

5 years ago

October 18, 2020

लेस्टर र एस्टन भिल्ला भिड्दै

153 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति लेस्टर सिटी र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ । खेल लेस्टरको मैदान किङ पावर स्टेडियममा राति १२ बजे हुनेछ ।

यि दुवै टोली जित निकाल्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । प्रिमियर लिगमा अपराजित रहेको भिल्लाको ३ खेलबाट ९ अंक रहेको छ । ४ खेलबाट लेस्टरको पनि ९ अंक नै छ । यस्तोमा घरेलु मैदानमा लेस्टर सिटी भिल्लालाई पराजित गर्दै लिभरपुल र भिल्लालाई नै पछि पार्दै दोस्रो स्थानमा उक्लने दाउमा हुनेछ ।

जेमी भार्डी, एयोजी पेरेज, हार्भे बार्नेस, टिमोथी कास्टाग्ने, जोनी इभान्स, वेस्ले फोफना र जेम्स जस्टिनलगायतका खेलाडी लेस्टरसँग हुनेछन् । यस्तै केलिची इहेनाचो र हम्जा चौधरी पनि टोलीसँग रहेका छन् ।

यता, उच्च प्रदर्शन गरिरहेको भिल्ला लेस्टरलाई अर्काे शिकार बनाउने लक्ष्यमा हुनेछ । लिभरपुलमाथिको फराकिलो जितमा ह्याट्रिक पुरा गरेका ओली वाट्किन्स नै टोलीको मुख्य हतियार हुनेछन् । उनलाई ज्याक ग्रेयलिस, ट्रेजेग्वेट, जोन म्याकीन, रस बार्कले र गोलरक्षक इमिलियानो मार्टिनेजले साथ दिनेछन् ।

यि दुई टोली ९ पटक प्रतिस्पर्धा गर्दा ४ खेलमा लेस्टर विजयी भएको छ । ३ खेल भिल्लाले आफ्नो पक्षमा पारेको छ । दुई खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक लेस्टरले घरेलु मैदानमा भिल्लामाथि ४–० को जित निकालेको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.