default_image

5 years ago

October 19, 2020

एस्टन भिल्लासँग लेस्टरको हार

145 views

0 Bookmark

एजेन्सी – एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शत प्रतिशत जित दर्ता गर्ने क्रममा लेस्टर सिटीमाथि १–० को रोमाञ्चक जित निकालेको छ ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रस बार्कलेले गोल गरेपछि भिल्लाले लेस्टरलाई उसकै मैदानमा हराएको हो । किङ पावर स्टेडियममा आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको २३औं मिनेटमा केलाची इहेनाचोको पासमा टिमोथी कास्टाग्नेको प्रहारलाई भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले सहजै नियन्त्रणमा लिए ।

२७औं मिनेटमा कप्तान ज्यका ग्रेयलिसको पासमा ट्रेजेग्वेटको प्रहारलाई डिफेन्डर जेम्स जस्टिनले ब्लक गरेपछि भिल्ला अग्रता लिनबाट चुक्यो । ५५औं मिनेटमा ग्रेयलिसको कर्नरमा इजरी कोन्साको हेडेर पोस्ट नजिकैबाट बाहिरियो ।

६१औं मिनेटमा युरी टाइलेमान्सको प्रहार टेरोन मिङ्सलाई डिफ्लेक्ट हुदै गएको बललाई भिल्लाका गोलरक्षक मार्टिनेजले मुस्किलले बचाउदा लेस्टर अग्रता लिनबाट चुक्यो । ६९औं मिनेटमा ग्रेयलिसको प्रहारलाई वाट्किन्सले भेटन् नसकेपनि डगलस लुइसले गरेको प्रहारलाई लेस्टरका गोलरक्षक कास्पर स्माइकेलले सहजै नियन्त्रणमा लिए ।

९०औं मिनेटमा जोन म्याक्जिनको क्रसमा बर्टान्ड ट्राओरेको प्रहारमा गोलरक्षक कास्पर नै बाध बने । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा यसै समयरमा चेल्सीबाट आएका रस बार्कलेले जोन म्याक्जिनको पासमा गोल गर्दै भिल्लालाई १–० को रोमाञ्चक जित दिलाए ।

प्रिमियर लिगमा भिल्लाको यो लगातार चौथो जित हो । भिल्लाले यसअघि सेफिल्ड युनाइटेड, फुलहम र लिभरपुलमाथि जित निकालेको थियो । जितसँगै अपराजित रहेको भिल्ला चार खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लेस्टर ९ अंकसहित चौथो स्थानमा रहेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.