default_image

5 years ago

October 19, 2020

बेलको डेब्युमा टोटेनहमको बराबरी

149 views

0 Bookmark

एजेन्सी – वेल्सका फरवार्ड ग्यारेथ बेलले टोटेनहम हस्टपरबाट दोस्रोपटक डेब्यु गरेको खेलमा वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिदै अंक बाँडेका छन् ।

टोटेनहमले खेलको सुरुवातको १६ मिनेटभित्र ३–० को अग्रता लिएर पनि जोगाउन नसक्दा ३–३ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । टोटेनहममा बेलको दोस्रो इनिङको पहिलो खेल बिर्सन लायक बन्यो । उनी मैदान प्रवेश गर्दासम्म टोटेनहमले खेलमा ३–० को अग्रता लिएको थियो । तर उनी मैदान प्रवेश गरेपछि टोटेनहमले अन्तिम समयमा तीन गोल खान पुगेको थियो ।

टोटेनहम हस्टपर स्टेडियममा आइतबार राति भएको खेलमा टोटेनहमका ह्यारी केनले दुई गोल गर्दा ह्युङ मिन सनले एक गोल थपे । वेस्टह्यामका बल्बुइनाले म्यानुयल लान्जिनीले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको ४५ सेकेन्डमै सनले केनको पासमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा सनको पासमा केनले गोल गरेपछि टोटेनहमले खेलमा २–० को अग्रता लिन सफल भयो । १६औं मिनेटमा सर्जियो रिगुइलोनको क्रसलाई केनले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहम ३–० ले अघि बढ्यो ।

३५औं मिनेटमा सर्जी औरिएरको क्रसमा सनको प्रहारलाई वेस्टह्यामका गोलरक्षक लुकास्ज फावियन्स्कीले सहजै बचाए । ५०औं मिनेटमा पाब्लो फोर्नल्सको हेडर पोस्टबाट थोरै बाहिरिदा वस्टह्यामले अग्रता घटाउन सकेन ।

७२औं मिनेटमा स्टेभ वर्गवाइनको स्थानमा बेल मैदानमा प्रवेश गरे । उनी २०१३ पछि टोटेनहमको जर्सीमा मैदान प्रवेश गरे । ७९औं मिनेटमा केन ह्याट्रिकबाट चुके । ८२औं मिनेटमा फावियन बल्वुएनाले आरोन क्रेसवेलको पासमा गोल गरेपछि वेस्टह्याम खेलमा फर्किएको थियो ।

८५औं मिनेटमा भ्लादिमिर कोउफलको प्रहारलाई डाभिन्सन सान्चेजले हेडरमार्फत बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुग्दा खेल ३–२ को मोडमा आएको थियो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेलले सुवर्ण अवसर पाएपनि गोलरक्षक फावियन्स्कीले बचाए ।

चौथो मिनेटमा म्यानुयल लान्जिनीले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । क्रेसवेलको फ्रिकिकलाई टोटनहमका डिफेन्डरले क्लियर गरेपनि लान्जिनीले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार टप कर्नरबाट गोलमा परिणत हुदा गोलरक्षक लोरिसले रोक्ने कुनै अवसर नै पाएन ।

बराबरीपछि टोटेनहम ५ खेलबाट ८ अंक जोडेर छैटौ स्थानमा रहेको छ । वेस्टह्याम ७ अंकसहित आठौं स्थानमा रहेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.