5 years ago
October 19, 2020
एजेन्सी – बोस्नियन फरवार्ड जेको चम्कदा इटालियन सिरी ‘ए’ मा रोमाले बेनेभेन्टोमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा रोमाले १–० ले पछि परेको स्थितिमा बेनेभेन्टोमाथि ५–२ को सहज जित हात पारेको हो ।

रोमामा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान इडेन जेकोले दुई गोल गर्दा पेड्रो रोड्रिग्वेज, जोर्डन भेरेटआउट र कार्लेस पेरेजले गोल गरे । बेनेभेन्टोका जियानुलका काप्रारी र जियानलुका लापाडुलाले गोल गरे ।
खेलको पाँचौ मिनेटमा जियानलुका काप्रारीको गोलबाट रोमा पछि परेको थियो । ३१औं मिनेटमा पेड्रोले गाल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३५औं मिनेटमा जेकोले गोल गर्दै रोमालाई २–१ को अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा हेनरिक मिखटरयानले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ५५औं जियानलुका लापाडुलाले गोल गर्दै खेललाई २–२ गोलको बराबराीमा ल्याए । उनको पेनाल्टी रोमाका गोलरक्षक एन्टेनियो मिरान्टेले रोकेपनि रिवाउन्डमा गोल गर्न सफल भएका थिए ।
६९औं मिनेटमा जोर्डन भेरेटआउटले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई ३–२ को अग्रता दिलाए । ७७औं मिनेटमा जेकोको व्यक्तिगत दोस्रो गोल गरेपछि रोमाले खेलमा ४–२ को अग्रता लिन सफल भयो । ८९औं मिनेटमा कार्लेस पेरेजले गोल गर्दै रोमालाई ५–२ को फराकिलो जित दिलाए ।

जितसँगै रोमा ४ खेलबाट ७ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित भेनेभेन्टो ६ अंकसहित १०औं स्थानमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]