5 years ago
October 19, 2020
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछि पार्दै लिल फ्रेच्न लिग वानको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदाममा ९ खेलाडीमा समेटिएको लेन्समाथि ४–० को फराकिलो जित दर्ता गर्दै लिल शीर्षस्थानमा उक्लिएको हो ।

लिलको ७ खेलबाट १७ अंक पुगेको छ । समान खेलबाटै पीएसजीको १५ अंक रहेको छ । पराजित लेन्स १३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । आइतबार राति भएको खेलमा लिलको जितमा बुराक यिल्माज, जोनाथन बाम्वा, जोनाथन इकोन र युसुफ याजिसीले गोल गरे । पहिलो हाफमा १ तथा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो ।
११औं मिनेटमा बुराक यिल्माजले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । ४८औं मिनेटमा जोनाथन वाम्वाले गोल गरेपछि लिलले खेलमा २–० को अग्रता लिन सफल भयो ।

५७औं मिनेटमा जोनाथन ग्राडिड दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि लेन्स १० खेलाडीमा समेटियो । ६९औं मिनेटमा जोनाथन इकोनले गोल गरेपछि लिल फराकिलो जिततर्फ अग्रसर बन्यो ।
मैदान प्रवेश गरेको पाँच मिनेटमै क्लमेन्ट मिचेललिन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लेन्स ९ खेलाडीमा समेटियो । उनी ७१औं मिनेटमा जोनाथन क्लसको स्थानमा मैदान छिरेका थिए ।
७९औं मिनेटमा युसुफ याजिसीले गोल गर्दै लिललाई ४–० को जित दिलाए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]