5 years ago
October 20, 2020
एजेन्सी – बार्सिलोनालाई यो सिजनको च्याम्पियन्स लिगको दाबेदार मध्यको एकका रुपमा चर्चा गर्न अस्वीकार गरेका छन् । क्याटलान क्लबले मंगलबार फेरेन्कभारोसविरुद्ध खेल्दै यसपटकको च्याम्पियन्स लिगको सुरुवात गर्दैछ ।

सिजनको पहिलो हारका रुपमा ला लिगामा शनिबार बार्सिलोनाले गेटाफेलाई १–० को नतिजा सुम्पेको थियो । गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएयता बार्सिलोनाको त्यो पहिलो हार थियो ।
‘बार्सिलोनाबाट खेल्दा उपाधिकै लागि खेल्ने हो । त्यो चाहे घरेलु फुटबलमा होस् वा युरोपमा होस्’, सोमबार पत्रकार सम्मेलनमा कोम्यानले भने, ‘तर त्यहाँ बलिया टोली छन् । हामीले आफनो क्षमता अनुसारको खेल देखाउनु पर्ने हुन्छ । घरेलु फुटबलमा जे भयो त्यसबाट भन्न सकिन्छ हामी दाबेदार होइनौं । तर हामी प्रयास भने गर्नेछौं ।’
तुलानात्मक रुपमा फेरेनकाभ्रोसलाई समुहकै कमजोर टोलीका रुपमा हेरिएको छ । समुहमा इटालियन च्याम्पियन युभेन्ट्स र डेनोमो किभ छन्। तर कुनै पनि टोलीलाई कमजोर आँक्न नहुनेमा कोम्यान सचेत छन् ।
‘फेरेन्कभारोस जस्तो जटिल टोलीको सामना गर्दैछौं । खेल सहज हुने छैन । हामीले अवसरको सृजना गर्नुपर्ने हुन्छ’, उनले भने, ‘हामीले सबैको विश्लेषण गरेका छौं र हामी सबैको सम्मान गर्छौ । हामीले उनीहरुको त्यो क्षमतालाई रोक्नुपर्छ । उनीहरुसग पछाडि र अगाडि उत्कृष्ट खेलाडी छन् ।’

गत सिजनका बारेमा कोम्यान चर्चा गर्न चाहदैनन् । उनी नयाँ सिजनको बारेमा चर्चा गर्न उपयुक्त ठान्छनस् । रियल म्याड्रिडसँग यसै साताको अन्त्यमा हुने एल क्लासिको अघि बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणमा ३ अंक बटुल्न चाहन्छ ।
‘मलाई थाहा भएन म त्यति बेला टोलीमा थिइन । यो सिजन त्यस्तो भयो भने मैले त्यसको जवाफ दिन सक्छु’, कोम्यानले भने, ‘च्याम्पियन्स लिगमा हार पछिको पहिलो खेलमा जित जहिले महत्वप२र्ण हुन्छ । घरेलु मैदानमा होस वा अवे जित महत्त्वपूर्ण हुन्छ ।’
टोलीका कप्तान लिओनल मेस्सीले पनि यो सिजन सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । कोम्यानले उनीबाट उच्च परुदर्शनको अपेक्षा राखेका छन् । ‘मलाई लाग्छ प्रदर्शनमा सुधार हुन सक्छ । मलाई लाग्छ उनी खुसी छन् र अभ्यास राम्ररी गरिरहेका छन्’, उनले थपे, ‘उनी आफ्नो प्रदर्शनमा केन्द्रित छन् । उनी टोलीको नेतृत्वसहित खेल्न चाहन्छन । मलाई उनीसँग कुनै गुनासो र शंका छैन ।’

बार्सिलोनाको प्रशिक्षक हुनुको दबाबलाई कोम्यानले रामरुरी बुझेका छन् । मंगलबारको खेल जित्दै उनी गुमेको लयलाई पुनः फर्काउन चाहान्छन् । ‘खेल जित्नका लागि बार्सिलानाको खेलाडी र प्रशिक्षक हुँदा दबाब हुन्छ, हामीलाई अवस्थाका बारेमा थाहा छ’, क्योम्यान अगाडि भन्छन्, ‘खेलको शैली बुझ्नका लागि हामीले सबै काम गरिरहेका छौं । हामीसँग युवा खेलाडी पनि छन् । हामी भोलीका खेललाई लिएर सकारात्मक छौं ।’
एन्टोनी ग्रीजमन र ओसमाने डेम्बेलेले यो सिजन आलोचना खेपिरहेका छन । तर प्रशिक्षक भने उनीहरुसँग खुसी छन् । तर, उनीहरुले सुधार भने गर्नुपर्ने उनको तर्क छ ।
डेम्बेले र ग्रीजमनको बारेमा सोध्दा उनले भने, ‘मलाई लाग्छ उनीहरु राम्रो गरिरहेका छन् । हामीले अगाडि राम्रो गर्न सक्छौं । ग्रीजमनलाई परिस्थितिका बारेमा थाहा छ र उनी यसलाई परिवर्तन गर्न प्रयास गरिरहेका छन’, उनले डेम्बेलेका बारेमा भने, ‘उनले पनि खेलमा सुधार गर्न आवश्यक छ । हामीसँग थुपै प्रतियोगिता छन । हामीले त्यहि अनुसार निर्णय गर्दै जानुपर्दछ ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]