5 years ago
October 22, 2020
एजेन्सी – विंगर ग्यारेथ बेलले आइतबार प्रिमियर लिगमा टोटेनहमबाट पुन: मैदानमा उत्रदा नतिजा भने सन्तोषजनक हुन सकेन ।

बेल मैदान प्रवेश गर्दा टोटेनहम ३–० ले अगाडि थियो । पहिलो हाफमै टोलीले ३ गोल गरिसकेको थियो । तर, वेस्ट ह्यामसँगको त्यो खेलमा ३–३ को बराबरी टुंगिएको थियो । एउटा यस्तो समय आएको थियो त्यो मौकामा बेल गोल गर्न सफल हुन्थे भने खेलमा टोली ४–२ ले अघि लाग्थ्यो । बेलले गोल गर्न नसकेपनि प्रशिक्षक जोजे माउरिन्होले त्यसको दोष बेललाई दिन चाहेनन् ।
‘मलाई त्यस्तो लाग्दैन । उनलाई पहिलो रोजाईमा नखेलाउनु सहि निर्णय थियो,’ बेलको पुर्न डेब्युका कारण सबैको ध्यान त्यता गएर खेलमा असर परेको हो कि भन्ने प्रश्नमा माउरिन्होको जवाफ थियो, ‘उनकै लागि भनेर सुन्दर कुर्सी पर्खिरहेको थिएन । उनी त्यहाँ पहिलो पटक बसिरहेका थिए । यसबाट पनि देखिन्छ हरेकले आफ्नो पोजिसनका लागि संघर्ष गर्नुपर्नेहुन्छ ।’
टोलीमा बेललाई सहज स्वीकारिएको उल्लेख गर्दै मोउरिन्होले भनेका छन्, ‘उनी पनि यहाँ रहदा खुसी छन् । सबै चिज सकारात्मक भइरहेको छ र उनलाई मात्र केन्द्र राखिदैन ।’ माउरिन्होले कुनै एउटा खेलाडी नभई खेल नै केन्द्रमा रहने प्रष्ट पारेका छन् ।
उनले थपे ‘६५ मिनेट सम्म उनी केन्द्रमा थिएनन् । उनले चौथो गोल गर्न नसक्नु दुखद थियो । त्यो गोल हुन्थ्यो भने खेल किल हुन्थ्यो । तर फुटबल भनेको यहि हो ।’
वेस्ट ह्यामसँगको नतिजा निकै निराशाजनक रहेको माउरिन्होले स्वीकारेका छन् । उनले भने, ‘म कति दिक्क भएको छु, तिमिहरु अनुमान गर्न सक्छौं । त्यस्तै खेलाडी पनि । तर फुटबल यहि हो ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]