5 years ago
October 20, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्सले लिड्सलाई पराजित गरो छ । वल्भ्सले लिड्समाथि उसकै मैदानमा १–० को जित निकालेको हो ।

इलान रोड लिड्स वेस्ट योर्कसायरमा सोमबार राति भएको खेलमा वल्भ्सलाई जिताउन पोर्चुगिज फरवार्ड राहुल जिमिनेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक खेलको आठौं मिनेटमा घरेलु टोली लिड्सले ज्याक ह्यारिसनबाट आएको पासमा प्याट्रिक बामफोर्डको गोलबाट अग्रता लिएपनि अफसाइड पोजिसनमा रहँदा गोलले मान्यता पाएन । १०औं मिनेटमा रोड्रिगाको प्रहार क्रसबारमा लागेर बाहिरिदा लिड्स पुनः अग्रता लिनबाट चुक्यो ।
३७औं मिनेटमा जोओ मौटिन्होको कर्नरमा राहुल जिमिनेजको प्रहार क्रसबारमा लाग्दा वल्भ्स अग्रता लिनबाट चुक्यो । ३९औं मिनेटमा ह्यारिसनको भली क्रसलाई बामफोर्डको प्रहारलाई वल्भ्सा कप्तान कोनोर कोडेले ब्लक गरिदिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लियन्डर डेडनकेरको क्रसमा ड्यानियल पोडेन्सको शक्तिशाली प्रहारलाई लिड्सका गोलरक्षक इलान मेसलिएरले बचाए ।
५३औं मिनेटमा ड्यानियल पोडेन्सको पासमा रोमेन सइसले फ्लिकमार्फत गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा वल्भ्स अग्रता लिनबाट चुक्यो । ७०औं मिनेटमा म्याक्स किलमनको पासमा राहुल जिमिनजले गोल गर्दै वल्भ्सलाई १–० को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा वल्भ्स विजयी हुन सफल भयो ।
जितसँगै वल्भ्स ५ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लन सफल हुदा लिड्स ६ अंकसहित १०औं स्थानमा झरेको छ । प्रिमियर लिगको अर्काे खेलमा वेस्ट ब्रुम र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
बराबरीपछि वेस्ट ब्रुम २ अंक जोडेर १७औं स्थानमा तथा पहिलो अंक जोडेको बर्नली १८औं स्थानमा उक्लिएको छ । समान १ अंक भएपनि बर्नलीले गोल अन्तरमा सेफिल्ड र फुलहमलाई पछि पारेको हो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]