default_image

5 years ago

October 20, 2020

काभानीले पीएसजीविरुद्ध नखेल्ने

151 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट उरुग्वेली भेट्रान फरवार्ड इडिन्सन काभानीको डेब्युको प्रतिक्षा लम्बिने भएको छ ।

युइएफए च्याम्पियन्स लिग पुर्व क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेलबाट युनाइटेडबाट डेब्यु गर्ने सम्भावना रहेपनि टोलीमा नसमेटिएपछि उनको डेब्यु प्रतीक्षा लम्बिने भएको हो ।

उनी युनाइटेडको टोलीमा नियमित प्रशिक्षणमा रहेपनि च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलको लागि फ्रान्सेली च्याम्पियन पेरिस भ्रमणको टोलीमा छैनन् । उनी अब क्लबको प्रशिक्षण स्थल क्यारिङटनमा नै प्रशिक्षणमा व्यस्त रहनेछन् ।

समूह ‘एच’ मा रहेको युनाइटेडले आज मंगलबार राति पेरिसमा पीएसजीसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति १२ः४५ बजे हुनेछ । पीएसजीका सर्वाधिक गोलकर्ता ३३ वर्षे काभानीले अर्काे साता ओल्ड ट्राफर्डमा चेल्सीविरुद्धको खेलबाट युनाइटेडबाट डेब्यु गर्ने सम्भावना रहेको छ । तर यो प्रशिक्षक ओले गनर सोल्सायरको निर्णयमा भर पर्नेछ ।

युनाइटेडले काभानीलाई समर ट्रान्सफरको डेडलाइन डेमा फ्रि एजेन्टमार्फत अनुबन्ध गर्न सफल भएको थियो । त्यसपछि उनी दुई साता अनिवार्य क्वारेन्टिनमा बस्दै केही दिन अघिदेखि मात्रै टोलीमा प्रशिक्षणमा सामेल भएका थिए ।

यस्तै युनाइटेडले आफ्नो टोलीका कप्तान ह्यारी मगाएरलाई पनि टोलीमा समेटेको छैन । कप्तान मिगुएरले प्रिमियर लिगमा न्युक्यासल युनाइटेडविरुद्ध ४–१ को जित निकालेको खेलमा पहिलो रोजाईमा खेल्दै एक गोलसमेत गर्न सफल भएका थिए । टोलीको कप्तानी ब्रुनो फर्नान्डेसले गर्नेछन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.