default_image

4 years ago

October 20, 2020

च्याम्पियन्स लिगमा आज : सम्पूर्ण जानकारी

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको खेल आज (मंगलबार) रातिदेखि सुरु हुँदैछ । नयाँ सिजनको पहिलो दिन समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ । मंगलबार राति इटालियन क्लब युभेन्ट्स युक्रेन भ्रमणमा निस्कँदा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा हंगेरियन क्लब फेरेन्कभारोसको सामना गर्दैछ । यस्तै इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा स्पेनिस क्लब सेभियासँग प्रतिस्पर्धा […]

44 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको खेल आज (मंगलबार) रातिदेखि सुरु हुँदैछ । नयाँ सिजनको पहिलो दिन समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

मंगलबार राति इटालियन क्लब युभेन्ट्स युक्रेन भ्रमणमा निस्कँदा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा हंगेरियन क्लब फेरेन्कभारोसको सामना गर्दैछ । यस्तै इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा स्पेनिस क्लब सेभियासँग प्रतिस्पर्धा गर्दा गतवर्षको उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ ।

इटालियन क्लब लाजियोले जर्मन क्लब बोरुसिया डर्टमुन्ड, जसनथले क्लब ब्रुग, आरबी लाइप्जिगले इस्तानबुल बसाकसेहिरसँग प्रतिस्पर्धा गर्दा फ्रान्सेली क्लब रेनेसले रसियन क्लब क्रास्नोडरको सामना गर्दैछ ।

नेपालमा टेलिभिजन प्रसारण :

युभेन्टस र डिनामो किएभको खेल रातको १०:४० बजे टेन २ र टेन २ एचडीमा हेर्न सकिनेछ । यस्तै सोहि समयमा जेनिट र क्लब ब्रुगको खेल सोनी सिक्स र सोनी सिक्स एचडीमा आउनेछ ।

बार्सिलोना र फेरेन्कभारोसको खेल मध्यरात १२:४५ पछि सोनी टेन १ र सोनी टेन १ एचडीमा प्रसारण हुनेछ । चेल्सी र सेभिल्लाको खेल सोनी सिक्स तथा लाजियो र डर्टमुन्डको सोनी टेन ३ मा आउनेछ । पीएसजी र म्यानचेस्टर युनाइटेडको खेल भने सोनी टेन २ र टेन २ एचडीमा प्रसारण हुनेछ ।

आज हुने खेल

समूह ‘ई’ : चेल्सीविरुद्ध सेभिया (राति १२ः४५ बजे), रेनेसविरुद्ध क्रास्नोडर (राति १२ः४५ बजे)

समूह ‘एफ’ : जेनिथविरुद्ध क्लब ब्रुग (राति १०ः४० बजे), लाजियोविरुद्ध बोरुसिया डर्टमुन्ड (राति १२ः४५ बजे)

समूह ‘जी’ : डेनामो किएभविरुद्ध युभेन्ट्स (राति १०ः४० बजे), बार्सिलोनाविरुद्ध फेरेन्कभारोस (राति १२ः४५ बजे)

समूह ‘एच’ : पीएसजीविरुद्ध म्यानचेस्टर युनाइटेड (राति १२ः४५ बजे), आरबी लाइप्जिगविरुद्ध इस्तानबुल बसाकसेहिर (राति १२ः४५ बजे)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.