default_image

5 years ago

October 20, 2020

पीएसजी र म्यानचेस्टर युनाइटेड भिड्दै

216 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो खेलमा आज (मंगलबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘एच’ मा गत सिजनको उपविजेता फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ ।

खेल पार्क दि प्रिन्सेस पेरिसमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा युनाइटेडलाई पराजित गर्दै पीएसजी नयाँ सिजनमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । स्टार फरवार्डद्वय ब्राजिली नेयमार र फ्रान्सेली केलियन एमबाप्पे टोलीको मुख्य हतियार हुनेछन् ।

एन्जल डि मारिया, राफिन्हा, एन्डर हेरेरा, इड्रिसा गाना गुआई, लेभिन कुर्जावा, प्रेसनेल किम्पेम्बे, एलसान्द्रो फ्लोरेन्जी र गोलरक्षक केलर नाभास पनि टोलीमा हुनेछन् । यस्तै मोइस किन, पाब्लो साराविया, लियान्द्रो ड्यानियल पारेडेस, मिट्चेल बाक्केर, कोलिन डग्वा र जेसे पनि टोलीमा रहेका छन् ।

यता, युनाइटेड पनि पीएसजीलाई पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद सुरुवात गर्ने दाउमा हुनेछ । कप्तान ह्यारी मगाएर र फरवार्ड एडिन्सन काभानी टोलीमा हुने छैनन् । एन्थोनी मार्सियल, ब्रुनो फर्नान्डेस, मार्कस रासफोर्ड, जुवान माटा, पल पोग्वा, स्कट म्याकटोमिने, आरोना वान बिसाका, भिक्टोर निल्सन लिन्डेलफ, डोनि भान डि बिक, नेमान्जा माटिच र गोलरक्षक डेभिड डे हेया टोलीमा रहनेछन् ।

यी दुई टोली चौथोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । तीन खेलमा पीएजसी दई खेलमा विजयी हुँदा एक खेल युनाइटेडले आफ्नो पक्षमा पारेको छ । २०१९ मार्चमा प्रि–क्वाटरफाइनलमा युनाइटेडले पीएसजीलाई उसकै मैदानमा ३–१ को जित निकालेको थियो । उक्त खेलमा दुई गोल गरेका रोमेलु लुकाकु टोलीमा छैनन् ।

युनाइटेड सोही जितलाई दोहोर्‍याउने दाउमा रहँदा पीएसजी उक्त हारको बदला लिने लक्ष्यमा हुनेछ । त्यसअघि २०१९ फेब्रुअरीमा पीएसजीले युनाइटेडलाई उसकै मैदानमा २–० ले हराएको थियो ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिगले घरेलु मैदानमा टर्किस क्लब इस्तानबुल बसाकसेहिरको सामना गर्दैछ । खेल रेडबुल एरिना लाइप्जिगमा राति १२ः४५ बजे हुनेछ । यि दुई टोली पहिलोपटक भिड्न लागेको हो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.