default_image

5 years ago

October 20, 2020

हामेसमा देखिएको परिवर्तन

162 views

0 Bookmark

एजेन्सी – कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेजका लागि पछिल्लो केहि वर्ष बिर्सनलायक रह्यो । उनका लागि मुख्य समस्या चोट थियो ।

रियल म्याड्रिडमा रहँदा होस् वा बायर्न म्युनिखमा उनका लागि फिटनेस टाउको दुखाईको विषय बन्ने गरेको थियो । जसका कारण उनले न त एकरुपको प्रदर्शन गर्न सके न त स्तरीय । अन्तर्राष्ट्रिय जिम्मेवारीबाट फर्केपछि रियल वा बायर्नमा रहँदा फेरि अर्को चोट लागेर फर्केका अनुमान गरिन्थ्यो । २९ वर्षे कोलम्बियन स्टारमा पछिल्लो समय पुरै परिवर्तन देखिएको छ ।

एभर्टनमा उनको खेल जीवनले नयाँ मोड लिएको आभाष मिल्न थालेको छ । जिनेदिन जिदानको रियल छाडेर प्रिमियर लिग टोली पुगेयता उनी उच्च स्तरको प्रदर्शन गरिरहेका छन् भने नियमित खेलिरहेका छन् ।

उनको लागि प्रि सिजन सन्तोषजनक थिएन । जब उनी कार्लो एन्सेलोटीको टोलीमा आबद्ध भए, उनको व्यापक परिवर्तन देखिएको छ । पछिल्लो ५ खेलमा उनले पहिलो रोजाईमा खेलेका छन् । त्यसमध्ये २ खेलमा पुरा गरे भने बाँकी तीन वटामा परिवर्तन भए । ३ खेलमा पनि कम्तीमा ७८ मिनेट खेलेका थिए ।

एभर्टन र कोलम्बियाली राष्ट्रिय टोलीमा गरेर रोड्रिग्वेजले ६ सय ७६ मिनेट खेलिसकेका छन् । यो महिना विश्व कप छनोटमा भेनेजुयला र चिलीविरुद्ध गरेर उनले १ सय ६४ मिनेट कोलम्बियाका लागि खेलेका थिए ।

अघिल्ला वर्षहरुमा रोड्रिग्वेजले पुरा ९० मिनेट खेल्नेमा शंका रहन्थ्यो । तर, यसपटक अन्तर्राष्ट्रिय जिम्मेवारीबाट फर्केलगत्तै शनिबार उनी लिभरपुलविरुद्धको खेलमा पुरा समय मैदानमा रहे ।
उता जिदानको टोलीका खेलाडीमा भने अन्तर्राष्ट्रिय विश्रामबाट फर्केका खेलाडीमा फिटनेसको समस्या देखिएको थियो ।

कासिमारो, फेडे भाल्भर्डे र फेर्लान मेन्डीले काडिजविरुद्ध बेन्चबाट सुरुवात गरेका थिए । रियलले १–० ले गुमाएको त्यो खेलमा लुका मोड्रिचलाई मध्यान्तरपछि परिवर्तन गरिएको थियो ।

गुडिसन पार्कमा रोड्रिग्वेजले पुरा समय बिताएको खेलमा च्याम्पियन लिभरपुललाई एभर्टनले २–२ को बराबरीमा रोकेको थियो । ५ खेलको समाप्तीमा एभर्टन लिग तालिकाको शीर्षस्थानमा यथावत छ ।

फिटनेसका लागि संघर्ष गरिरहने रोड्रिग्वेजको शारीरिक रुपमा पनि परिवर्तन देखिएको छ । टोलीको आवश्यकता अनुसार उनले आफुलाई प्रस्तुत गरिरहेका छन् । लगातारको उच्च प्रदर्शनले पक्कै उनी मानसिक रुपमा पनि बलिया भएका छन् । प्रिमियर लिगमा फुटबल भविष्य खोज्न निस्केका रोड्रिग्वेजको अहिले सम्मको यात्राले सुखद संकेत गरेको छ । शारीरिक रुपमा पनि उनी नयाँ चुनौतीका लागि तयार देखिन्छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.