5 years ago
October 20, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब सेभियाको आतिथ्यता गर्दैछ ।

खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु टोली चेल्सी बलियो सेभियालाई पराजित गर्दै सुखद सुरुवात गर्ने दाउमा हुनेछ । चेल्सीको यो योजनामा जर्मन खेलाडीद्धय टिमो वेर्नर र काई हाभर्टज मुख्य हतियार हुनेछन् ।
उनीहरुलाई हाकिम जियाच, मासन माउन्ट, जर्गिन्हो, एङ्गोलो कान्टे, बेन चिलवेल, रिस जेम्स, थियागो सिल्भा, सेसर एज्पिलिक्वेटा र कुर्ट जोउमाले साथ दिनेछन् । यस्तै ट्याम्मी अब्राहम, क्रिस्टियन पुलिसिस, ओलिभर जिरुउड, क्यालुम अड्सन ओडोई र एन्ड्रिएस क्रिस्टेन्सेन पनि चेल्सीको टोलीमा रहेका छन् । चोटका कारण गोलरक्षक इडुआर्ड मेन्डीले खेल्ने सम्भावना न्युन रहँदा र किपा एरिजाबालगाले पुन अवसर पाउन सक्नेछन् ।
अग्रपंक्ति र मध्यपंक्तिमा राम्रो भएपनि चेल्सीले डिफेन्स लाइनमा सुधार गर्नुपर्ने छ । प्रिमियर लिगमा साउथह्याम्पटनविरुद्ध ३–० को अग्रता लिएर पनि बराबरीमा रोकिनुपर्दा चेल्सीको डिफेन्स लाइन निकै कमजोर देखिएको थियो ।
यता, गत सिजनको युरोपा लिग च्याम्पियन सेभिया पनि चेल्सीको कमजोर डिफेन्सको फाइदा उठाउदै च्याम्पियन्स लिगमा सुखद सुरुवात गर्ने दाँउमा हुनेछ । सेभियासँग लुकास ओकम्पास, लुक डि जोङ, सुसो, इभान राकिटिच, फर्नान्डो, जोआन जोर्डन, डिएगो कार्लाेस, जेसस नाभास, मार्काेस अकुना, सर्जि गोमेज र गोलरक्ष यासिन बोउनोउ रहेका छन् ।
यस्तै मुनिर इल हाडाडी र युसेफ इन न्यास्री पनि टोलीमा रहेका छन् । यि दुई टोली पहिलोपटक खेल्न लागेका हुन् ।
यही समूह ‘ई’ को अर्काे खेलमा फ्रान्सेली क्लब रेनेसले रसियन क्लब क्रास्नोडरको सामना गर्दैछ । खेल राति १२ः४५ बजे नै हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]