default_image

5 years ago

October 20, 2020

बार्सिलोनालाई फेरेन्कभारोसको चुनौती

137 views

0 Bookmark

एजेन्सी – नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगमा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा फेरेन्कभारोसको आतिथ्यता गर्दैछ ।

खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी फेरेन्कभारोसमाथि सहज जित निकाल्ने बार्सिलोनाको लक्ष्य हुनेछ ।

कप्तान लियोनेल मेस्सी, अन्सु फाती, एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, फिलिपे कौटिन्हो, फ्रान्की डि जोङ, पेड्री, सर्जियो बुस्क्वेट्स, क्लेमेन्ट लेङलेट, जेरार्ड पिके, सर्जि रोबर्टाे, सर्जिन्हो डेस्ट र गोलरक्षक नेटो टोलीमा हुनछन् ।

तर, बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले फेरेन्कभारोसविरुद्ध दोस्रो रोजाईका खेलाडीलाई मैदान उतार्न सक्नेछन् । च्याम्पियन्स लिग लगत्तै बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडसँग तथा त्यसपछि च्याम्पियन्स लिगमै इटालियन महारथी युभेन्ट्ससँग खेल्ने तालिका छ ।

यस्तो अवस्थामा कोम्यानले सिनियर खेलाडीलाई विश्राम दिँदै दोस्रो रोजाईका खेलाडी रोनाल्ड एरुजो, जुनियर फिर्पाे, मिरालेम प्यानिच, रिकी पुच, ट्रिन्काओ र मार्टिन ब्रेथवेटसँगै अन्सु फातीलाई खेलाउन सक्नेछन् ।

यता, एनबी वानको को शीर्षस्थानमा रहेको फेरेन्कभारोस पनि बलियो बार्सिलोनाबाट अंक खोस्ने लक्ष्यमा मैदान उत्रनेछ । इसायल, मेट्रो युजुनी, ओलेक्सान्डर जुवकोभ, लासा डिभाली र गोलरक्षक डेनेस डिबस्ज टोलीमा रहनेछ ।

यही समूह ‘जी’ को अर्काे खेलमा इटालियन महारथी युभेन्ट्सले युक्रेनी क्लब डेनामो किएभको सामना गदै छ । खेल युक्रेनमा राति १२ः४५ बजे नै हुनेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.