default_image

5 years ago

October 20, 2020

रोनाल्डोबिनाको युभेन्ट्स किएभसँग खेल्दै

162 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो आज (मंगलबार) इटालियन क्लब युभेन्ट्स र युक्रेनी क्लब डेनामो किभबीच प्रतिस्पर्धा हुँदैछ ।

सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सले युक्रेनी क्लब किएभसँग उसैको मैदानमा राति १०ः४० बजे खेल्दैछ । टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै युभेन्ट्स किएभलाई उसकै मैदानमा हराउँदै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो सेल्फ आईसोलेसनमा बसेका छन् ।

नेसन्स लिग अन्तर्गत एक साताअघि स्विडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो । कोरोना संक्रमणको कारण रोनाल्डो नेसन्स लिगमा स्वीडेनसँगै सिरी ए अन्तर्गत क्रोटोनसँगको खेल समेत गुमाएका थिए ।

युभेन्ट्सले किभविरुद्ध खेल्ने १९ सदस्सीय टिममा मात्र दुई फरवार्ड पाउल डिबला र अल्भारो मोराटालाई राखेको छ । फेडरिको चिइसा, डिजान कुलुसेभ्स्की, जुआन कोर्डाडो, अर्थर, जर्जियो चिलीयानी, लियोनार्दाे बोनुची, ड्यानिलो र एड्रियन राबिओट युभेन्टससँग रहेको अनुभवी तथा भेट्रान गोलरक्षक जियानलुजी बुफोनले युभेन्ट्सको पोस्ट सम्हाल्ने सम्धावना छ ।

यता, डेनामो किभ पनि घरेलु मैदानमा युभेन्ट्सलाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । कार्लाेस डि पेना, माइकोला सापारेन्को, भिक्टोर सिगानकोप, भिटाली माइकोलेन्को र गोलरक्षक जर्ज बुस्चानको साथ डेनामो किएभलाई हुनेछ । यि दुई टोली पहिलोपटक भिड्न लागेको हो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.