default_image

5 years ago

October 21, 2020

बार्सिलोनाको सानदार जित

218 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले विजयी सुरुवात गरेको छ । १० खेलाडीमा सीमित बार्सिलोनाले फेरेन्कभारोसलाई ५-१ ले पराजित गरेको हो ।

बार्सिलोनाले समूह जी अन्तर्गत खेलको २७ औं मिनेटमा कप्तान मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र अदनान कोभाचेभिचले मेस्सीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए जसमा उनी चुकेनन् । त्यसअघि २२ औं मिनेटमा फिलिपे कोउटिन्होको प्रहार पोस्टभन्दा थोरै टाढाबाट बाहिरिएको थियो ।

बार्सिलोनाले एकतर्फी आक्रमण बुनेको खेलमा दोस्रो गोलको लागि पनि लामो प्रतीक्षा गर्नु परेन । युवा विंगर अन्सु फातीले सानदार गोल गर्दै अग्रता दोब्बर पारे । फ्रेन्की डे जोङको लामो पासलाई फातीले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा नै गोल गरे । पहिलो हाफको अन्त्यमा बार्साका सर्जिनो डेस्टको प्रहारलाई डिफेन्डरले ब्लक गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै बार्सिलोनाले ३ गोलको अग्रता लियो । फातीको पासमा कोउटिन्होले गरेको प्रहार डिफेन्डको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । ५८ औं मिनेटमा मेस्सीको फ्रिकिक प्रहार सफल हुन सकेन । लगत्तै अर्कोतर्फ दुर्लभ देखिएको फेरेन्कभारोसका लागि इजाएलको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ६८ ऐन मिनेटमा बार्सिलोना १० खेलाडीमा झर्यो । डिफेन्डर जेरार्ड पिकेले पेनाल्टी क्षेत्र भित्र लडाएपछि चोट ग्वेंलाई लडाएपच्जी रेफ्रीले सिधै रातो कार्ड दिए । उक्त पेनाल्टीलाई इहोर खरातिनले गोल गर्दै स्कोर ३-१ को स्थितिमा ल्याए । यस रातोकार्डसँगै पिकेले युभेन्टसविरुद्ध हुने खेल गुमाउने पक्का भएको छ ।

८२ औं मिनेटमा बार्सिलोनाले अर्को गोल थप्दै तीन गोलको अग्रता पुन: स्थापना गर्यो । ओस्मान डेम्बेलेको पासमा पेड्रीको प्रहारलाई गोलरक्षकले बचाउन सकेनन् ।

निर्धारित ९० मिनेटको एक मिनेट समय बाँकी रहँदा बार्सिलोनाले पाँचौ गोल थप्यो । कप्तान मेस्सीको पासमा ओस्मान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ४ गोलले अगाडी बढाए । थप समयमा दुवै तर्फबाट गोल नहुँदा खेल ५-१ मा सकियो ।

त्यसअघि स्पेनिस फरवार्ड अल्भारो मोराटाको निर्णायक प्रदर्शनमा इटालियन च्याम्पियन युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिगको पहिलो खेलमा विजयी सुरुवात गरेको थियो । पाहुना टोली युभेन्ट्सले २-० को जित दर्ता गरको हो ।

समूह जी अन्तर्गत भएको निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले अग्रता लिन दोस्रो हाफसम्म कुर्नुपरेको थियो । गोलरहित पहिलो हाफपछि मोराटाले दोस्रो हाफको सुरुवाती समयमा नै गोल गरेका थिए । पहिलो मिनेटमा नै डेजान कुलुसेभ्सकीको प्रहार गोलरक्षकले रोकेपछि ६ यार्ड बक्सभित्र रिबाउन्डमा मोराटाले गोल गरेका थिए ।

मोराटाले नै ८४ औं मिनेटमा गोल गर्दै युभेन्टसको जित पक्का गरे । उनले जुआन क्वाडराडोको क्रसलाई हेडरमार्फत गोलमा परिणत गर्दै जिततर्फ अग्रसर गराएका थिए । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोबिना नै उत्रिएको युभेन्टसले खेलको सुरुवातमा भने अपेक्षित रुपमा आक्रमण बुन्न सकेको थिएन । पाउलो डिबाला पनि पूर्ण फिट नहुँदा सुरुवाती रोजाइमा रहेका थिएनन् ।

मंगलबार नै भएको अर्को खेलमा क्लब ब्रुगले जेनिट सेन्ट पिटर्सबर्गको मैदानमा २-१ को जित दर्ता गर्यो । इम्यानुएल डेनिसले ६३ औं मिनेटमा ब्रुगलाई अग्रता दिलाएअनि इथान होर्भाथको आत्मघाती गोलमा खेल बराबरीमा आएको थियो । दोस्रो हाफको अन्तिम समयमा चार्ल्स दे केतेलारले गोल गर्दै पाहुना टोलीको जित पक्का गरे ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.