default_image

5 years ago

October 21, 2020

फर्नान्डेस र रासफोर्डको गोलमा पीएसजीको हार

154 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले गव वर्षको उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसबै मैदानमा पराजित गरेको छ ।

युनाइटेडले पीएसजीमाथि उसकै मैदानमा २–१ को जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कुस रासफोर्डले गोल गरे । पीएसजीले उपहार गोल पाएको थियो ।

पार्क डि प्रिन्सेसमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको ११औं मिनेटमा पीएसजीले पहिलो आक्रमण बुनेको थियो । एन्जल डि मारियाको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाए । १३औं मिनेटमा केलियन एमबाप्पेको प्रहारलाई गोलरक्षक गेयाले बचाए ।

२३औं मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत गोल गर्दै खलमा १–० को अग्रता लिन सफल भयो । पेनाल्टी बक्समा एब्डोउ डियालोले एन्थोनी मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसको प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले रोकेपनि लाइनभन्दा अघि बढेका कारण फर्नान्डेसले रि पेनाल्टीमा गोल गर्न सफल भएका थिए ।

३८औं मिनेटमा गोलरक्षक गेयाले रिलिज गरेको बललाई मार्सियल र फर्नान्डेसको समन्वय मिलेपनि नाभासले बचाउन सफल भए । ४८औं मिनेटमा एमबाप्पेको प्रहारमा गोलरक्षक गेया नै बाधक बन्दा पीएसजी बराबरीबाट चुक्यो । ५५औं मिनेटमा मार्सियलको आत्मघाती गोलबाट पीएसजीले खेललाई बराबरीमा ल्याएको थियो ।

नेयमारको कर्नरलाई हेडमार्फत बचाउन खोज्दा मार्सियलले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ८३आं मिनेटमा नेयमारको पेनाल्टी बक्स बाहिरको प्रहारलाई बचाउदा पीएसजी अग्रता लिनबाट चुक्यो । खेल सकिन तीन मिनेट बाँकी रहँदा माकर्सुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

पल पोग्वाको पासमा रासफोर्डले पीएजसीको कमजोर डिफेन्सको फाइदा उठाउदै गरेको प्रहारलाई गोलरक्षक नाभासले डाइभ दिएर बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

यही समूह ‘एच’ को अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिगले टर्किस क्लब इस्तानबुल बसाकसेहिरलाई २–० ले पराजित गरेको छ । लाइप्जिगको दुवै गोल एन्जेलिनोले गरे । उनले चार मिनटेको अन्तरमा दुई गोल गर्न सफल भएका थिए ।

यो जितसँगै युनाइटेड र लाइप्जिगले ३ अंक जोडेको छ । तर गोलअन्तरमा युनाइटेड शीर्षस्थानमा रहँदा अकं जोड्न नसकेको इस्तानबुल र पीएसजी तेस्रो र चौथो स्थानमा छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.