5 years ago
October 21, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘एफ’ को पहिलो चरणको खेलमा इटालियन क्लब लाजियोले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लाजियोले डर्टमुन्डमाथि ३–१ को सहज जित हात पारेको हो ।

स्टेडियो ओलम्पिको रोमामा घरेलु टोलीको सहज जितमा सिरो इमोबिले र जिन ड्यानियल एक्पा एक्प्रोले गोल गर्दा एक गोल उपहार पाएको थियो । डर्टमुन्डका एर्लिङ ब्राउन हालान्डले सान्त्वना गोल फर्काए ।
खेलको छैटौ मिनेटमा नै सिरो इमोबिलेले जुआक्विन कोरेयाको पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । थोमस म्युनियरले बल पोजसन लुज गरेपछि लुकास लेइभाले छोएको बललाई जुआक्विन कोरेयाले मिलाइदिएको पासमा इमोबिलेले क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए ।

१२औं मिनेटमा जाडोन सान्चोको क्रसमा लुकास्ज पिस्जेकको हेडर पोस्टबाट थोरै बाहिरिदा डर्टमुन्ड बराबरीबाट चुक्यो । १५औं मिनेटमा प्याट्रिकको क्रसमा सिरो इमोबिलेको प्रहारलाई डर्टमुन्डका गोलरक्षक मार्विन हिट्जले उत्कृष्ट बचाउ गरे ।
२३औं मिनेटमा लाजियोले गोलरक्षक मार्विन हिट्जको आत्मघाती गोलबाट अग्रता दोब्बर बनायो । लुइस अल्बर्टाेको कर्नरलाई लुइज फिलिपेको हेडर गोलरक्षक मार्विन हिट्जलाई छुदै गोलमा परिणत भएको थियो ।
२८औं मिनेटमा एर्लिङ ब्राउट हालान्डको लो कटब्याक पासमा थोमस म्युनियरले गोल गर्न सकेनन् । ४४औं मिनेटमा एक्सेल विस्टेलको २५ यार्ड टाढाको प्रहार लुकास लेइभाले डिफ्लेक्ट हुदै पोस्टतिर पुगेपनि गोलरक्षक थोमस स्ट्राकोसाले नियन्त्रणमा लिन सफल हुदा डर्टमुन्ड गोलअन्तर घटाउनबाट चुक्यो । ५०औं मिनेटमा हालान्डको प्रहारले गोलरक्षक थोमसलाई रोक्न गाह्रो भएन ।
६६औं मिनेटमा जियोभानी रेना, जाडोन सान्चो र मार्काे रिउसको समन्वयमा उत्कृष्ट मुभ बनेपनि राफयल गुरेको २० यार्ड टाढाको प्रहार क्रसबारबाट थोरै बाहिरियो । ७१औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डलाई २–१ को अवस्थामा ल्याए । उनले जियोभानी रेनाको पासमा गोल गर्न सफल भएका थिए ।
७६औं मिनेटमा सव्सिच्युट एक्पा एक्प्रोले इमोबिलेको पासमा गोल गरेपछि डर्टमुन्डको सम्भावना टाढियो । ८०औं मिनेटमा हालान्डको प्रहारमा गोृलरक्षक थोमस बाधक बने । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जुलियन ब्रान्डको क्रसमा सान्चोको प्रहार क्रसबारबाट थोरै बाहिरियो ।
यही समूहको अर्काे खेलमा क्लब ब्रुगले जेनिथमाथि २–१ को जित निकालेको छ । क्लब ब्रुगको जितमा इमन्युयल डेनिस र चार्लेस डि केटेलारेले गोल गरे । जेनिथले आत्मघाती गोल उपहार पाएको थियो ।
यो अवे जितले क्लब ब्रुग शीर्षस्थानमा रहँदा लािजयो दोस्रो स्थानमा रहेको छ । डर्टमुन्ड तेस्रो स्थानमा रहँदा जेनिथ पुछारमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]