default_image

5 years ago

October 21, 2020

चेल्सी र सेभियाको बराबरी

178 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब सेभियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

स्टामफोर्ड ब्रिजमा मंगलबार राित भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुगिंएको हो ।

१८औं मिनेटमा सुसोको फ्रिकिकमा नेमान्जा गुइडल्जको हेडर कुर्ट जोउमालाई डिफ्लेक्ट भएपनि गोलरक्षक इडुआर्ड मेन्डीले बचाउदै सेभियाको अग्रता टारे । ३१औं मिनेटमा रिस जेम्सको लो क्रसलाई टिमो वेर्नरले दुई डिफेन्डरबीचबाट अघि बढाउदै गरेको प्रहार सेभियाका गोलरक्षक यासिन बोनोउले बचाउदै चेल्सीको अग्रता टारे ।

पहिलो हाफको इन्ज्युरी समयमा लुकास ओकम्पासको प्रहारलाई चेल्सीका गोलरक्षक मेन्डीले बचाए । लगत्तै काउन्टर अट्याकमा क्रिस्टियन पुलिसिसको पासमा टिमो वेर्नरको प्रहारले पोस्टको दिशा लिन सकेन । ५६औं मिनेटमा वेर्नरको प्रहारमा गोलरक्ष बोनोउ नै बाधक बने ।

५९औं मिनेटमा मासन माउन्टको पासमा रिस जेम्सले गरेको क्रसलाई बेन चिलवेलको हेडर सिधै गोलरक्षक बोनोउको हातमा पुग्यो । ६७औं मिनेटमा इभान राकिटिचको कर्नरमा जोन जोर्डनको हेडरलाई गोलरक्षक मेन्डीले बचाए ।

७३औं मिनेटमा ओकम्पासको क्रस बिन चिलवेललाई डिफ्लेक्ट हुदै आएको बललाई लुक डि जोङको प्रहारलाई रिस जेम्सले ब्लक गर्दै सेभियाको अग्रता टारे । त्यसपछि थप गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा टुगिंयो ।

यही समूह ‘ई’ को अर्काे खेलमा फ्रान्सेली क्लब रेनेस र रसियन क्लब क्रास्नोडरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रेनेसका सेरोउ गुइरासीले पेनाल्टीमार्फत गोल गर्दा क्रास्नोडरका क्रिस्टियन रामिरेजले बराबरी गोल फर्काए ।

यो बराबरीसँगै सबै चार टोलीको समान १ अंक रहँदा चेल्सी शीर्षस्थानमा रहँदा क्रास्नोडर दोस्रो स्थानमा रहेको छ । रेनेस तेस्रो स्थानमा तथा सेभिया पुछारमा छ ।

अन्य नतिजा

समूह ‘ई’
चेल्सीविरुद्ध सेभिया (०–०), रेनेसविरुद्ध क्रास्नोडर (१–१)

समूह ‘एफ’
जेनिथविरुद्ध क्लब ब्रुग (१–२), लाजियोविरुद्ध बोरुसिया डर्टमुन्ड (३–१)

समूह ‘जी’
डेनामो किएभविरुद्ध युभेन्ट्स (०–२), बार्सिलोनाविरुद्ध फेरेन्कभारोस (५–१)

समूह ‘एच’
पीएसजीविरुद्ध म्यानचेस्टर युनाइटेड (१–२), आरबी लाइप्जिगविरुद्ध इस्तानबुल बसाकसेहिर (२–०)

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.