default_image

5 years ago

October 21, 2020

बार्सिलोनामा ४ स्टारको सम्झौता नविकरण

153 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्कभारोसमाथि ५–१ को सहज जित पाएको खेलपछि आफ्ना चार स्टार खेलाडीको सम्झौता नविकरण गरेको छ ।

क्लबले क्लबका अनुभवी डिफेन्डर जेरार्ड पिके, गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन, डिफेन्डर क्लेमेन्ट लेङ्लेट र मिडफिल्डर फ्रान्की डि जोङको सम्झौता नविकरण गरेको हो । सम्झौता अनुसार ३३ वर्षीय स्पेनिस डिफेन्डर पिके २०२४ सम्म बार्सिलोनामा रहनेछन् । उनको रिलिज क्लज ५ सय मिलियन युरो तोकिएको छ ।

यस्तै २८ वर्षीय जर्मन गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनको सम्झौता २०२५ सम्म लम्ब्याइएको छ । उनको विषयमा क्लबमा लामो समयदेखि नै छलफल भइरहेको थियो । उनको रिलिज क्लज ५ सय मिलियन युरो नै तोकिएको छ ।

यस्तै २५ वर्षीय फ्रान्सेली डिफेन्डर क्लमेन्ट लेङ्लेट र डच मिडफिल्डर फ्रान्की डी जोङको सम्झौता २०२६ सम्मलाई लम्ब्याइएको छ । लेङलेटको ३ सय मिलियन युरो र डी जोङको ४ सय मिलियन युरो रिलिज क्लज तोकेको छ ।

‘यो सम्झौता केहि सातयताको लगातार छलफल र कोभिड–१९ का कारण देखिएको अहिलेको विषम परिस्थितिले निम्त्याएको अस्थायी सुविधाको उपज हो,’ बार्सिलोनाको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.