default_image

5 years ago

October 21, 2020

रियल म्याड्रिडलाई साख्तरको चुनौती

117 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा आज राति स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा युक्रेनी क्लब साख्तर डोनेस्कको आतिथ्यता गर्दैछ ।

खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १०ः४० बजे हुनेछ । च्याम्पियन्स लिगको सर्वाघिक सफल रियल म्याड्रिड घरेलु मैदानमा साख्तरलाई पराजित गर्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, साख्तर विरुद्ध कप्तान सर्जियो रामोसले खेल्ने सम्भावना न्युन छ ।

स्पेनिस ला लिगामा क्याडिजसँग १–० ले पराजित भएको खेलमा चोट बोकेका उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिएनन् । यस्तै चोटकै कारण मिडफिल्डर मार्टिन ओडेगार्ड र फरवार्ड इडेन हाजार्ड पनि टोलीमा रहने छैन ।

यस्तो अवस्थामा रियलको रक्षापङ्ति राफयल भरान, इडर मिलिटाओ, नाचो फर्नान्डेज र फर्लान्ड मेन्डीले सम्हाल्ने छ । मार्सेलोले पनि खेल्न सक्नेछ । मिडफिल्डमा क्यासमिरोसँगै लुका मोड्रिच, फेडरिको भाल्भेर्डे र टोनी क्रुस रहनेछ ।

अग्रपङ्तिमा करिम बेन्जेमालाई मार्काे एसेन्सियो र रोड्रिगोले साथ दिन सक्नेछ । भिनिसियर जुनियर, इस्को लुकास भास्क्वेज, लुका जोभिक पनि टोली रहेका छन् । रियलको पोस्ट थिवाउट कोर्टुवाले नै सम्हाल्ने पक्का छ ।

यता, साख्तर पनि रियललाई पराजित गर्दै सुखद सुरुवातको योजनामा हुनेछ । साख्तरका लागि भिक्टोर कोभालेन्को, डेन्टिन्हो, मार्काेस एन्टोनियो, मार्लाेस, टेटे, डुडो र गोलरक्षक एनाटोली ट्रविन टोलीमा रहनेछ ।

यि दुई टोली तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको २०१५ मा च्याम्पियन्स लिगको समूह चरणमा यि दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । एक खेलमा रियल ४–० ले विजयी हुदा अर्काे खेलमा रियल ४–३ ले विजयी भएको थियो । रियल यही जितलाई निरन्तरता दिने दाँउमा रहँदा साख्तर रियलसँगको हारको श्रृंखला तोड्ने दाँउमा हुनेछ ।

यही समूह ‘बी’ को अर्काे खेलमा इटालियन क्लब इन्टर मिलानले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति १२ः४५ बजे हुनेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.