5 years ago
October 21, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको खेलमा आज (बुधबार) राति साविकको विजेता तथा जर्मन च्याम्पियन बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको सामना गर्दैछ ।

खेल एलिएन्ज एरिना म्युनिखमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा साविकको विजेता बायर्न एट्लेटिकोलाई पराजित गर्दै उपाधि रक्षाको अभियाना सुरुवात गर्ने योजनामा हुनेछ ।
बायर्नको यो योजनामा उनै अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता बनेका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की, जर्मन मिडफिल्डर थोमर मुलर र सर्ज जिनाब्री नै मुख्य हतियार हुनेछन् ।
यस्तै अनुभवी गोलरक्षक तथा कप्तान म्यानुयल नोयर, च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका किङ्सले कोमान, लियोन गोरेट्जका, योसुवा किम्मिख, डेभिड अलावा, निकलस सुल, बेन्जामिन पाभार्ड, डगलस कोस्टा, कोरेन्टिन टोलिसो, लुकाु हर्नान्डेज, जेभियर मार्टिनेज र इरिक म्याक्सिम चुपो मोटिङलगायतका खेलाडी पनि टोलीसँग हुनेछ ।
यता, स्पेनिस क्लब एट्लेटिको पनि बलियो बायर्नबाट अंक खोस्ने योजनामा हुनेछ । यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट एट्लेटिको पुगेका उरुग्वेली फरवार्ड लुइस सुआरेज, डिएगो कोस्टा र जोआओ फेलिक्स टोलीका हतियार हुनेछ ।
यान्निक कारास्को, कोकी, हेक्टर हेरेरा, रेमन लोडी, फिलिपे, किरिएन ट्रिपिएर र गोलरक्षक जान ओब्लाक टोलीमा रहनेछन् । यस्तै लुकास टोेरेरा, एन्जल कोरेरा, स्टेभन साभिक, म्यानुयल सान्चेज र मारियो हर्माेसो पनि टोलीमा रहेका छन् ।
यि दुई टोली २०१६ पछि पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । हालसम्म यि दुई टोली चारपटक आमने सामने हुदा दुवै टोलीले समान दुई खेल जितेका छन् । त्यसैले यि दुई टोलीबीचको खेलमा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
यही समूह ‘ए’ को अर्काे खेलमा अष्ट्रियन क्लब साल्जवर्ग र रसियन क्लब लोकोमोटिभ मस्कोबीच राति १०ः४० बजे प्रतिस्पर्धा हुदैछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]