default_image

3 years ago

October 21, 2020

म्यानचेस्टर सिटीलाई पोर्टाेको चुनौती

एजेन्सी – च्याम्पियन्स लिगको सदावहार उपाधि दावेदार इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनको च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेको सामना गर्दैछ । खेल सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा राति १२ः४५ बजे हुनेछ । घरेलु टोली सिटी पोर्टाेलाई पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । पोर्टाेविरुद्धको खेलमा फरवार्ड सर्जियो […]

88 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको सदावहार उपाधि दावेदार इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनको च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेको सामना गर्दैछ ।

खेल सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा राति १२ः४५ बजे हुनेछ । घरेलु टोली सिटी पोर्टाेलाई पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । पोर्टाेविरुद्धको खेलमा फरवार्ड सर्जियो अगुइरोले चोटबाट पूनरागमन गर्न सक्नेछन् ।

रहिम स्ट्रलिङ, रियाद महारेज, इल्केए गुन्डोगान, रोड्री, फिल फोडेन, नाथन एके, रुवेन डियास, केएल वाल्कर, जोओ क्यान्सेलो र गोलरक्षक इडर्सन मोराएस टोलीमा हुनेछन् । यस्तै अन्डर डग पोर्टाे पनि सिटीलाई स्तब्ध पार्ने दाउमा हुनेछ ।

यो सिजन स्टार खेलाडीहरुले क्लब छाडेका कारण पोर्टाेलाई समस्या हुन सक्नेछ । तर, पोर्टाेसँग अनुभवी डिफेन्डर पेपे, लुइस डियाज, जेसस कोरोना र सर्जियो ओलिभेराको साथ रहेको छ ।

यि दुई टोली तेस्रो पटक भिड्न लागेको हो । यसअघिको दुवै खेलमा सिटी विजयी भएको छ । यही समूह ‘सी’ को अर्काे खेलमा ओलम्पियाकोस र मार्सेबीच राति १२ः४५ बजे नै प्रतिस्पर्धा हुँदैछ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.