default_image

5 years ago

October 21, 2020

आयाक्ससँग सचेत लिभरपुल

154 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले समूह चरणको पहिलो खेलको लागि आयाक्सको भ्रमण गर्दैछ ।

खेल योहान क्रुएफ एरिनामा राति १२ः४५ बजे प्रतिस्पर्धा हुदैछ । घरेलु टोली आयाक्स लिभरपुललाई स्तब्ध पार्ने दाँउमा हुनेछ । यो सिजन केही स्टार खेलाडीले क्लब छाडेपनि आयाक्स निकै सन्तुलित टोली देखिएको छ ।

आयाक्ससँग डुसान टाडिक, डेभिड नेरेस, क्वीन्सी प्रोमेस, डाले ब्लिन्ड, निकोलस ट्याग्लियाफिको र गोलरक्षक एन्ड्रे ओनाना रहेका छन् । यस्तै महाम्मेद कुडुस, डाभी क्लासेन र लासिना ट्राओरे पनि आयाक्ससँग रहेको छ ।

यता, पाहुना टोली लिभरपुल पनि घरेलु टोलीलाई पराजित गर्दै सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ । साडियो माने, मोहम्मद सलाह र रोबर्टाे फिर्मिन्होले लिभरपुलको अग्रपङ्ति सम्हाल्नेछ ।

जर्जिन्हो वाइनाल्डम, जोडन हेन्डरसन, जेम्स मिल्नर, एन्ड्रिउ रोबर्टसन, जोसेप गोमेज, फाविन्हो र ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड टोलीमा हुनेछ ।

चोटका कारण पहिलो रोजाईका गोलरक्षक एलिसन बेकरले खेल्ने सम्भावना न्युन रहँदा एड्रियनले नै लिभरपुलको पोस्ट सम्हाल्नेछन् । मिडफिल्डर थियागा अलकान्तराले पनि आयाक्सविरुद्ध खेल्ने सम्भावना न्युन छ ।

यही समूह ‘डी’ को अर्काे खेलमा डेनिस क्लब मिट्जिल्यान्डले इटालियन क्लब एटलान्टासँग राति १२ः४५ बजे जै प्रतिस्पर्धा गर्दैछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.