default_image

5 years ago

October 21, 2020

पहिलो हाफमै रियल ३-० ले पछाडी

165 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल म्याड्रिडले यस सिजनको पहिलो खेलमा खराब सुरुवात गरेको छ ।

घरेलु मैदानमा रियल म्याड्रिड शाख्तर डोनेस्कविरुद्ध खेलको पहिलो हाफमा नै ३-० ले पछि परेको हो । यसै साता हुने एल क्लासिकोलाई ध्यानमा राख्दै प्रशिक्षक जिनेदिन जिदानले कमजोर टोली पहिलो रोजाइमा उतारेका थिए । तर डिफेन्सको कमजोर प्रदर्शन र आक्रमणमा चुस्त हुन नसक्दा रियल पहिलो हाफमै तीन गोल खान पुगेको हो ।

खेलको २८ औं मिनेटमा टेटेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । मार्सेलोले गरेको ट्याकलको प्रयास असफल भएपछि भिक्टो कोर्नीएन्कोको पासमा टेटेले गोल गरेका थिए । त्यसअघि मार्लोसले वन भर्सेस वनको अवस्थामा गोल गर्न नसक्दा शाख्तरले अग्रता लिन सकेको थिएन ।

त्यसको तीन मिनेट नबित्दै रियल २-० ले पछि पर्यो । टेटेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक कोर्टुवाले विफल पारेपनि रिबाउन्डमा राफेल भारानले बल बचाउन खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।

पहिलो हाफको ३ मिनेट बाँकी रहँदा शाख्तरले ३-० को अग्रता लियो । टेटेले पेनाल्टी क्षेत्रनजिक चलाखीपूर्ण मुभ बनाउँदै ब्याकहिल दिएपछि मानोर सोलोमोनले उत्कृष्ट फिनिस गर्दै घरेलु टोलीलाई स्तब्ध बनाए ।

प्रशिक्षक जिदानले चोटका कारण कप्तान सर्जियो रामोसलाई बाहिर राखेका थिए । मिडफिल्डर टोनी क्रुस, फरवार्ड करीम बेन्जेमा र विंगर भिनीसियस जुनिअर सबै बेन्चमा रहेका छन् । डिफेन्डर ड्यानी कार्भाजल पनि चोटका कारण उपस्थित छैनन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.